२०८० जेष्ठ २५ बिहीबार
  • काठमाडौँ

१६ हजार भेडा बोकेको पानीजहाज समुन्द्रमा डुब्यो !

जुन १४, एजेन्सी : करिब १६ हजार भेडा बोकेको पानीजहाज समुन्द्रमा डुबेको छ । १५ हजार ८ सय भन्दा बढी भेडा बोकेर सुडानबाट साउदी अरेवियाको जेदाह गइरहेको

जहाज सुडानको बन्दरगाहमा डु’बेकाे समाचार संस्था द नेसनल न्यूजले जनाएको छ । उक्त भेडा ४ मिलियन अमेरिकी डलर बराबरको भएको बताइएको छ । जिवित भेडाको उ’द्धार गरिएपनि ठूलो संख्यामा भेडाको मृ-त्यु भएको छ ।

रेड सी सहरको ओस्मान डिग्ना पोर्टबाट हिँडेको जहाज केही समयमै डुबेको तथा घट-नाबारे छानविन सुरु गरिएको अधिकारीहरुले जनाएका छन् ।

उक्त घ-टनाका कारण केही समय त्यस बन्दरगाहमा आयात र निर्यातको काम ठप्प भएको थियो ।

२०७९ जेष्ठ ३०, सोमबार प्रकाशित 1 Minute 312 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।