२०८० जेष्ठ २६ शुक्रबार
  • काठमाडौँ

दक्षिण भारतीय अभिनेता अल्लू अर्जुनविरुद्ध उजुरी

जुन ११, मुम्बई : दक्षिण भारतीय फिल्मका प्रख्यात अभिनेता अल्लू अर्जुन केही समययता फिल्म ‘पुष्पा’का कारण चर्चामा थिए । उनको यो फिल्मले स्वदेशमा मात्र होइन, विदेशमा पनि लोकप्रियता पाएको थियो ।

अहिले यिनै अर्जुन पुनः चर्चामा छन् । उनको यो चर्चा फिल्मले मात्र नभई एक विज्ञापनका कारणले हो ।
अल्लू एक शैक्षिक संस्थानले उत्पादन गरेको विज्ञापनमा अभिनय गरेपछि वि’वादमा तानिएका छन् ।

सामाजिक कार्यकर्ता कोठा उपेन्द्र रेड्डीले एक संस्थानको विशेष विज्ञापनमा अल्लूको अनुहारको प्रयोग गरी भ्रामक प्रचार गरिएको भन्दै अल्लूलाई कार’वाहीको माग गरेका छन् ।

उनले अल्लूवि’रुद्ध विज्ञापनमा अभिनय गर्नका लागि र चैतन्य शैक्षिक संस्थाविरु’द्ध गलत सूचना दिएको भन्दै अम्बरपेट प्रहरीेमा उजु’री दिएका हुन् ।

उनले आममानिसलाई गलत सूचना दिएको भन्दै अल्लू र शैक्षिक संस्थानविरु’द्ध मु-द्धा चलाउनुपर्ने बताएका छन् । यसअघि अल्लू एक फूड डेलिभरी एपको मार्केटिङका लागि आलोचित भइसकेका छन् ।

२०७९ जेष्ठ २८, शनिबार प्रकाशित 1 Minute 169 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।