२०७९ असार १५ बुधबार
  • काठमाडौँ

भारतको दिल्लीमा रहेको नेपाली दूतावासबाट विद्युतीय राहदानी जारी

जेठ २५, काठमाण्डौ : भारतको नयाँ दिल्लीमा रहेको नेपाली दूतावासबाट पनि विद्युतीय राहदानी जारी हुन थालेको छ ।
आज अर्थात् जेठ २५ गतेदेखि विद्युतीय राहदानी जारी गर्न

थालेको दूतावासले विज्ञप्तिमार्फत जानकारी दिएको छ । भारतमा रहेका नेपालीले अब दिल्लीस्थित नेपाली दूतावासबाटै विद्युतीय राहदानी लिन सक्नेछन् । विद्युतीय राहदानीका लागि पुरानो अथवा हस्तलिखित राहदानी र विदेशस्थित नेपाली

नियोगबाट जारी भएको राहदानी बाहक नेपालीले नयाँ राहदानी बनाउन चाहेमा पहिले आफ्नो नागरिकताको प्रमाणपत्र र नाबालकको हकमा परिचयपत्रको प्रतिलिपिसहित दूतावासमा उपस्थित भई वा दूतावासको इमेल ठेगानामार्फत निवेदन दिनुपर्छ ।

नियोगले सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रमाणपत्र/नाबालक परिचयपत्रको आधिकारिकता बुझेर सूचित गरेपछि मात्र विद्युतीय राहदानीका लागि प्रिइनरोलमेन्ट गर्न पर्छ ।

प्रिइनरोलमेन्ट फारम भरेपछि तोकिएको मिति र समयमा दूतावासमा आफैँ उपस्थित भई प्रत्यक्ष रूपमा फोटो तथा बायोमेट्रिक डाटा भर्नपर्छ ।

नयाँ विद्युतीय राहदानी बनाउँदा ५ हजार ९८० भारु शुल्क लाग्ने छ भने दश वर्षभन्दा कम उमेरका नाबालकको हकमा राहदानीको म्याद वा पाना सकिई नयाँ विद्युतीय राहदानीको आवेदन दिँदा २ हजार ९९० भारु शुल्क लाग्ने छ ।

राहदानी हराएमा वा क्षति भई नयाँ राहदानीको लागि आवेदन दिँदा भने शुल्क दोब्बर लाग्ने दूतावासले जनाएको छ । एमआरपी पासपोर्टको म्याद रहँदासम्म विद्युतीय राहदानी बनाउन आवश्यक छैन । विद्युतीय राहदानी जारी गर्न थालेपछि दूतावासले एमआरपी पासपोर्टको लागि आवेदन लिन बन्द गरेको छ ।

२०७९ जेष्ठ २५, बुधबार प्रकाशित 0 Minutes 124 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार