२०७९ माघ २१ शनिबार
  • काठमाडौँ

प्रशान्त महासागर एक्लै डुङ्गाबाट पार गर्ने यि ८३ वर्षीय जापानी नागरिक

जेठ २४, काठमाडौं : जापानका ८३ वर्षीय केनिची होरीले शनिबार नयाँ कीर्तिमान बनाएका छन् । उनले आफ्नो यट (डुङ्गा) मा एक्लै र बीचमा नरोकी प्रशान्त महासागरमा

पार गर्ने सबैभन्दा वृद्धि व्यक्तिको कीर्तिमान बनाएका हुन् ।
होरी गत मार्च २७ मा क्यालिफोर्नियाको सान फ्रान्सिस्कोबाट आफ्नो ६ मिटर लामो यट ‘सन्टोरी मरमेड थ्री’मा यात्रा सुरु गरेका थिए ।

​केनिचीले ७० दिनमा ८५०० किमी दुरी यात्रा तय गरेर शनिबार बिहान अर्थात जुन ४ मा पश्चिम जापानको की तटमा ओर्लिए । होरीले पछिल्लो यात्रा त्यति सहज नभएको र यात्राको पछिल्लो तीन दिन समुन्द्र छालले दुःख दिएको बताए ।

परिवारका सदस्य उनको यात्रालाई लिएर धेरै चिन्तित भएकाले उनी हरेक दिन स्याटेलाइट फोनमार्फत परिवारसँग कुरा गर्ने गर्थे । परिवारको चिन्ता हटाउन उनी यस्तो कार्य गर्थे ।

‘कुनै दिन मैले परिवारलाई एक पटक फोन गरिन भने उनीहरू चिन्तित हुन्थे । त्यसैले म नबिराई फोन गर्थे तर यात्रामा परिवारसँगको यही अन्तरक्रिया नै मेरो बल बन्यो र मैले आफ्नो यो यात्रा पूरा गर्न सकेँ, होरीले भने ।

होरीले यसअघि पनि प्रशान्त महासागरको वारपार गरिसकेका थिए । सन् १९६२ मा उनी २३ वर्ष हुदाँ प्रशान्त महासागर एक्लै पार गरेका थिए । त्यस बेला उनको नाममा विश्वमा पहिलो पटक, सबैभन्दा कान्छो मानिसले प्रशान्त महासागर एक्लै पार गरेको रेकर्ड बनेको थियो ।

२०७९ जेष्ठ २५, बुधबार प्रकाशित 0 Minutes 235 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।