२०७९ आश्विन १५ शनिबार
  • काठमाडौँ

मलेसिया सरकार एक्सनमा – न्युनतम तलब नदिने कम्पनी माथी अनुगमन सुरु !

जुन ७, क्वालालम्पुर : मलेसिया सरकारले अब सरकारले तोकेको न्युनतम तलब नदिने कम्पनीलाई कारबाही गर्न सुरु गरेको छ ।

मलेसिया सरकारले तोकेको न्युनतम तलब १५ सय नदिने काम्पनिलाई छापा हानेर कारबाही अगाडि बढाएको छ ।
मलेसिया सरकारले दैनिक रुपमा छापा हानेर अनुगमन गर्दै

आएको छ भने न्युनतम तलब नदिने कम्पनीलाई कारबाही गर्दै आएको छ । मलेसियाको राजधानी क्वालालम्पुरबाट एक घन्टाको यात्रापछि पोर्ट केलाङमा रहेको औद्योगिक क्षेत्रमा रहेको सामसुङ मलेसिया कम्पनीले कामदारलाई उत्कृष्ट सुबिधा

दिने कम्पनीमा परेको छ । सामसुङ मलेसिया कम्पनीले २०२२ जनवरी देखिको महिना देखिकै लागू हुनेगरी बेसिक तलब १७ सय पुराएको छ ।

यो घोषणा संगै अन्य कम्पनीलाई अब बेसिक तलब १४ सय बनाउनै पर्ने दबाब सृजना भएको छ भने अन्य ठुला कम्पनीलाई पनि तलब सुबिधा बढाउन दबाब आएको छ ।

२०७९ जेष्ठ २४, मंगलवार प्रकाशित 0 Minutes 124 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।