
जेठ २४, काठमाडौं : मलेसियाका मानव संशाधन मन्त्री एम शरभनानले विदेशी श्रमिक भित्रियाउँदा लागेको खर्च वापत श्रमिकको तलवबाट रकम क’टौति गरेमा त्यस्ता रोजगारदाताले ल्याउन पाउने विदेशी श्रमिकको कोटा का-टिदिने चेता’वनी दिएका छन् ।
विदेशी श्रमिक भर्ना गर्दा श्रमिकसँग कुनै शुल्क लिन नपाइने, उनीहरुको आवास, हवाई टिकट लगायत सम्पूर्ण दायित्व रोजगारदाताको नै भएकोले शुन्य लागतको निति अवलम्वन गर्नुपर्ने मन्त्री शरभनानले बताएका हुन् ।
यद्यपी श्रोत मुलुकमा एजेण्टको कृयाकलापका विषयमा भनें मलेसिया सरकारले केहि गर्न नसक्ने उनले स्पष्ट पारेको मलेसियाको सरकारी सञ्चार माध्यम बर्नमाले जनाएको छ ।
मन्त्री शरभनानले मलेसिया आइपुगेका श्रमिकसँग उनीहरुलाई रोजगारीमा ल्याउन लागेको खर्च वापत कुनै शुल्क कटौति गरेर असुल्न नपाइने बताएका छन् ।
यदि कुनै श्रमिकले आफ्नो तलवबाट रकम कटौति गरेको गुनासो विद्युतिय माध्यम वर्किङ फर वर्कर्स (WFD) मार्फत गरेमा त्यस्ता रोजगारदाताले विदेशी श्रमिक भर्ना गर्न पाउने कोटा रद्द हुने मन्त्री शरभनानले चेता-वनी दिएका छन् ।
मलेसियाको सामाजिक सुरक्षा कार्यक्रम (सोक्सो) मा प्रहरी तथा सैन्य क्षेत्रमा कार्यरत श्रमिकको स्वैच्छिक आवद्दता सम्वन्धि कार्यक्रमको शुभारम्भका अवसरमा बोल्दै मन्त्री शरभनानले यस्तो बताएको समाचारमा जनाइएको छ ।
नेपाल र मलेसियाबीच सन् २०१८ मा भएको श्रम समझदारी (एमओयू) अनुसार रोजगारीका लागि मलेसिया जाने नेपाली श्रमिकको सम्पूर्ण खर्च मलेसियाका रोजगारदाताले नै व्यहोर्नु पर्ने व्यवस्था छ ।
सो समझदारीको प्रभा-वकारी कार्यान्वयन हुन नसकिरहेको सन्दर्भमा गत महिना मलेसिया भ्रमणमा गएका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठले पनि समझदारीको प्रभा-वकारी कार्यान्वयनको विषय उठाएका थिए ।
ईण्डोनेशियाले पनि घरेलु श्रमिक पठाउनु अगाडी श्रमिकको तलव, सुविधाका विषयमा ग्यारेण्टीको माग गरिरहेको छ ।
दुई देशबीच सम्झौता तथा समझदारी भएपनि त्यसको कार्यान्वयन प्रभावकारी हुन नसकिरहेको अवस्थामा मलेसियामा मानव संशाधन मन्त्रीको यस्तो भनाई सार्वजनिक भएको हो । -देशपरदेश