
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार सुनसहित पक्राउ परेका सातजना मध्ये एकजना यूएईको बर–दुबईका सुनकै व्यापारी रहेको खुलेको छ।
विमानस्थलबाट सुनसहित प’क्राउ परेका उनीहरूलाई दुई दिनपछि मात्रै प्रहरीले सार्वजनिक गरेको हो। उनीहरूको बारेमा प्रहरीले विस्तृत जानकारी भने दिएको छैन।
नेपालमा अ’वैध रुपमा भित्रिने सुनमध्ये अधिकाश दुबईबाटै हो। चर्चित ३३ किलो काण्डदेखि स्पीकर काण्ड, टर्च लाइट काण्ड, कफी मेकर काण्ड, मल’द्धार काण्ड सबै दुबईबाट नै हो।
दुबईमा बसेर नेपालमा सुन तस्क’र गर्ने गिरोहले नेपाली श्रमिकलाई भरिया बनाएर सुन पठाउने गरेका छन्।
यसरी सुन ल्याउने भरिया कयौं पटक पक्रा’उ समेत पर्दै आएका छन्। भरिया पक्रा’उ परेपनि उनीहरुलाई सुन बोकाउने मुख्य गिरोह भने पक्रा’उ पर्दैनन्।
दुबईमा सुन पसल खोलेर बसेका नेपाली व्यवसायी नै तस्क’रीमा संग्लन हुने गरेको बेला–बेला खबर आउने गर्छन्।
अहिले फेरि एक जना नेपाली व्यवासायी नै सुन तस्करीको आरोपमा प’क्राउ परेका हुन्। बर–दुबईमा रहेको बाराही ज्वेलरीका सञ्चालक युवराज भुसाल शनिवार प’क्राउ परेका हुन्।
सुनवल–१० नवलपरासी घर भइ हाल काठमाडौंको माछापोखरीमा बस्ने भुसाल बाराही ज्वेलरीका ४ सञ्चालक मध्ये एक हुन्। शनिवार विहान प्रहरीले भन्सार छलेर सुन ल्याउनेसहित उक्त कार्यमा संलग्न हुने गरी सातजनालाई प’क्राउ गरेको थियो।
दुबईबाट काठमाडौं आएको नेपाल वायुसेवा निगमको जहाजमार्फत सुनको पेस्ट बनाइ भन्सार छली अ’वैध रूपमा सुन नेपाल भित्र्या’इएको थियो। प्रहरीले गोप्य सूचनाको आधारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै सुन ल्याउने सुरेश बहादुर शाही र सन्दिप चन्द ठकुरीलाई प’क्राउ गरेको हो। – प्रवास खबर बाट