
गुरुदत्त न्यौपाने/सिओल : दक्षिण कोरियाले को-रोना महामा’रीको कारण विगत २ बर्षदेखी प्रतिबन्ध गरेको ९० दिने भिजिट भिषा तथा ई भिषा आवेदन पुन: सुचारु गर्ने भएको छ।
दक्षिण कोरियाली सरकारले आज जुन १ तारिख देखी भिजिट भिषा प्रति-बन्ध फुकुवा गर्ने भएको हो। दक्षिण कोरियाले लगभग सबै को’भिड-१९ सामाजिक दूरी प्रति-बन्ध हटाएपछि आन्तरिक उपभोग बढाउन र पर्यटन उद्योगहरूलाई बलियो
बनाउन थप विदेशी पर्यटक भित्र्याउने उद्देश्यले यो निर्णय गरिएको न्याय मन्त्रालयले जनाएको छ। दक्षिण कोरियाली सरकारले २ बर्षअघी कोभिड १९ सङ्क्र-मण रोकथाम,नियन्त्रण तथा सामाजिक दुरी सम्बन्धी नियम जारी गरेसंगै छोटो अबधीको ९० दिने भिजिट भिषा ( C-3) जारी गर्न प्रति-बन्ध लगाएको थियो।
छोटो अबधीको पर्यटकिय भिषा जसले ९० दिनको लागी पर्यटक,कोरियामा रहने विदेशीका आफन्त हरुलाई कोरिया प्रवेश गर्न अनुमति दिन्छ।
विगत २ बर्ष यता कोरोना महामारीका कारण अत्यावश्यकिय कुटनीति,सरकारी मामिला र अन्य प्रकारका मानविय कारणका लागी मात्र जारी गरिएकोमा जुन १ तारिख अर्थात आजदेखी भने पहिलेकै अवस्था अनुरुप भिषा आवेदन सर्वसाधारण लाई समेत सहज गर्न लागेको हो।
उत्कृष्ट प्रतिभा भएका विदेशी,कमर्यक्रमका लागी कलाकार,वा समूह पर्यटकका लागि अनलाइनबाट ई-भिसा जारी समेत गर्न सकिने मन्त्रालयले जनाएको छ।
विदेशी पर्यटकको आगमनले घरेलु मागलाई बढावा दिनेछ र पर्यटन उद्योगहरूलाई बलियो बनाउनेछ, जसले अन्ततः थप रोजगारी सिर्जना गर्न र विदेशी प्रतिभालाई आकर्षित गर्न मद्दत गर्नेछ, नाम नखुलाउने शर्तमा मन्त्रालयका एक अधिकारीले भने।
यस संगै लामो समय आफ्नो घर फिर्ता हुन नपाएका विदेशी नागरिकहरुले आफ्ना आफन्त हरुलाई ९० दिनको लागी स्पोन्सर गरी कोरिया बोलाउन सक्नेछन। यधपि स्पोन्सर भने कोरियन नागरिक,कोरियन नागरिकता लिएका विदेशी,पिआर लिएका विदेशीहरुले बाहेक अन्य विदेशी कामदारले गर्न सक्ने छैनन।