२०८० जेष्ठ २२ सोमबार
  • काठमाडौँ

यूएईमा मानव तस्करी गर्ने ५ पक्राउ

जेठ १६, काठमाडौं : नेपाल प्रहरीको केन्द्रीय अनु-सन्धान व्युरोले नेपालीहरुलाई यूएई पु-र्याएर अलपत्र पार्ने काममा संलग्न मुख्य अभि-युक्तहरु प’क्राउ गरेको जनाएको छ।

केन्द्रीय अनु-सन्धान व्युरोका एसएसपी कुवेर कडायतले आज श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठलाई भेटी भिजिट भिसामा यूएई पु-र्याएर अलपत्र पार्ने काममा संलग्न मुख्य अभियुक्तहरु पक्राउ गरिएको जानकारी दिए।

कडायतका अनुसार मुख्य अभियुक्त त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सीका संचालक कोमलराज उपाध्यायलाई युएई प्रहरीले दुबईमा पक्राउ गरेको छ। उनलाई नेपाल प्रहरीले रेड कर्नर नोटिस जारी गरेको थियो।

उपाध्यायकी श्रीमति रञ्जना ढकाललाई आइतवार सर्लाहीबाट पक्राउ गरिएको छ। ताल्चा लगाएको घरभित्र लुकेर बसेको अवस्थामा उनलाई प-क्राउ गरिएको कडायतले बताए।

साथै रोजगारीको प्रलोभन देखाएर नेपाली युवालाई भिजिट भिसामा यूएई पु-र्याउने कार्यमा संलग्न मधुविलास सापकोटा, खुमबहादुर खड्का र सन्तोष प्याकुरेल पनि पक्राउ परेका छन्।

उनीहरुले भिजिट भिसाको नाममा करिव २ करोड ५० लाख ठगि गरेको भन्दै ७६ जना पी-डितले उजु-री दिएका थिए।
एसएसपी कडायतले ठ-गीमा संलग्न कम्पनी वा ब्यक्तिलाई कारबाहीको दायरा ल्याउन उनिहरुबारे जानकारी गराइ सहयोग गर्न केन्द्रीय अनु-सन्धान व्युरोले अपील गरेको बताए।

आकर्षक रोजगारी लगाइदिने भन्दै ‘भिजिट भिसा’मा यूएईसहित विभिन्न मुलुक पुर्याएर अलपत्र पार्ने काममा संलग्न मेनपावर कम्पनी, कन्सल्ट्यान्सी,ट्राभल्स संचालक, दलाल तथा बिचौलियालाई कारवाहीको दायरामा ल्याउनुपर्ने मन्त्री श्रेष्ठले बताए। प्रवास खबर बाट

२०७९ जेष्ठ १६, सोमबार प्रकाशित 1 Minute 185 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।