
मे २६, दोहा : कतारमा प्लास्टिक झोलाको प्रयोगमा रोक लगाइएको छ। वातारणीय प्रदूषण कम गर्न कतारले प्लास्टिक झोलाको प्रयोगमा बन्देज लगाउने निर्णय गरेको हो।
बुधबार बसेको कतारकाे मन्त्रिपरिषद् बैठकले प्लास्टिकको झोला निषेध गर्ने नगरपालिका मन्त्रालयले तयार पारेको मस्यौदालाई पास गरेको हो। वातावरण संरक्षण र फोहोर पुन :
प्रयोगमा अधिकतम लगानी गर्ने रणनीतिक उद्देश्यअनुरुप सो मस्यौदा तयार गरिएको थियो। अब ‘सिंगल यूज प्लास्टिक ब्याग’ को सट्टा धेरै पटकसम्म प्रयोग गर्न मिल्ने वैकल्पिक झोला बोक्नुपर्नेछ।
थप समाचार, दोहा : नेपाली कथानक चलचित्र ‘कबड्डी ४’ कतारमा प्रदर्शन हुने तय भएको छ । आगामी जुन ९ देखि कतारको प्राय हलहरुमा फिल्मको नियमित शो हुने आयोजक पक्षले क्युएन खबरलाई जानकारी दिएको छ ।
रामबाबु गुरुङद्वारा निर्देशित फिल्ममा मिरुना मगर ,गौमाया गुरुङ, सौगात मल्ल,दयाहाङ राई, बुद्धि तामाङ, विजय बराल, पुष्कर गुरुङ, कविता आले, माओत्से गुरुङ, शारदा अधिकारी, प्रकाश घिमिरे र कमलमणी नेपाल आदिको अभिनय देख्न सकिन्छ । नेपालमा भोलिबाट प्रदर्शनमा आउन लागेको ‘कबड्डी’का अघिल्ला तीनवटा सिरिज ब्लकबस्टर भएका थिए ।