२०७९ आश्विन १९ बुधबार
  • काठमाडौँ

साउदी अरबको विदेशी मुद्रा भण्डार कति ठूलो छ ?

मे २६, रियाद : साउदी अरेबियाका अर्थमन्त्री मोहम्मद अल-जदानले मन्त्रालयले अन्ततः कर घटाउने बारे विचार गर्नेबारे जानकारी दिएका छन् ।

सन् २०२० मा कर १५ प्रतिशतले बढाइएको थियो ।
सन् २०२० मा कोरोना महामारीका बेला तेलको मागमा कमी आएपछि साउदी अरबको अर्थतन्त्रमा प्रत्यक्ष असर परेका कारण तेलको मूल्य घटेको थियो ।

मुलुकलाई आर्थिक संकटबाट जोगाउन कर तीन गुणा बढाइएको थियो । साउदी अरेबियाका अर्थमन्त्रीले डाभोसमा विश्व आर्थिक मञ्चलाई भने, ‘हामीले कर घटाउने निर्णय गरेका छौँ, तर हामी अझै पनि हाम्रो विदेशी मुद्रा सञ्चितिमा आएको कमीलाई पूरा गर्ने प्रयास गरिरहेका छौँ ।’

मार्च २०२२ मा साउदी अरबको विदेशी मुद्रा सञ्चिति ४२५.८ बिलियन डलर थियो । साउदी अर्थमन्त्रीले साउदी अरबको आर्थिक नीतिअनुसार विदेशी मुद्रा भण्डार देशको कुल घरेलु उत्पादनको निश्चित प्रतिशतभन्दा कम हुन नसक्ने बताए ।

विश्वको सबैभन्दा ठूलो तेल निर्यातक साउदी अरबको अर्थतन्त्र एक ट्रिलियन डलरको छ । तर, अब तेलमा आफ्नो अर्थतन्त्रको निर्भरता घटाउन चाहन्छ । सन् २०२२ को बजेटमा यसबाट हुने फाइदालाई ध्यानमा राखेर भौतिक दिगोपन कार्यक्रम ल्याउन लागिएको बताइएको छ ।

‘हामी भौतिक दिगोपन नीति निर्माण गर्ने अन्तिम चरणमा छौँ,’ मोहम्मद अल-जदानले रोयटर्स समाचार एजेन्सीलाई भने । उनले साउदी अरेबियाले विगत पाँच वर्षमा विदेशी मुद्रा सञ्चितिबाट एक खर्ब रियाल खर्च गरिसकेको बताए । यसको अहिले पनि पुनः पूर्ति भइरहेको उनको जिकिर छ ।

२०७९ जेष्ठ १२, बिहीबार प्रकाशित 1 Minute 271 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार