२०८० मंसिर २० बुधबार
  • काठमाडौँ

दुबई विमानस्थलको धावनमार्ग बन्द भएपछि नि:शुल्क बस सेवा

दुबई : दुबई अन्तर्राष्ट्रिय विमानस्थल (DXB) को उत्तरी धावनमार्ग बन्द भएको दुई हप्ताभन्दा बढी भइसक्यो, जसले गर्दा दुबई वर्ल्ड सेन्ट्रल (DWC) का धेरै उडानहरू डाइभर्सन भएको छ।

विमानस्थल सञ्चालकले सबै यात्रुको सुविधाका लागि दुई विमानस्थलबीच धेरै यातायात सेवाको घोषणा गरेको छ ।
मे 9 देखि जुन 22 सम्मको 45-दिन बन्द अवधिभरि,

दुबई एयरपोर्टहरूले सबै यात्रुहरूलाई उनीहरूको प्रस्थान एयरपोर्टको लागि प्रस्थान गर्नु अघि उनीहरूको उडान जानकारी होसियारीपूर्वक जाँच गर्न सल्लाह दिएको छ।

थप समाचार : युएई पुग्ने वा युएई पुगेका जो कोहिको एउटा सपना भनेको दुबईको रोयल गार्डमा काम गर्न पाउनु एक हो ।

आकर्षक तलब , राम्रो सुबिधा र सहज कामको कारण दुबईमा रहने वा दुबई जाने जो कोहिको लागि रोयल गार्डमा काम गर्ने सपना रहेको हुन्छ ।

रोयल गार्ड भनेको के हो?

राज संस्था रहेकोदेशमा राजपरिवारको सुरक्षाको लागि खटिने र राज संस्था र परिवारको सुरक्षा संगै शाही महलहरु र प्रशासनिक भवनको सुरक्षामा खटिने सुरक्षाकर्मीहरुको शाही गार्ड रेजिमेन्ट छ त्यसै रेजिमेन्टमा काम गर्ने सुरक्षागार्डलाई रोयल गार्ड भनिन्छ ।

सेना तथा प्रहरीबाट सेवा निबृत्त भएका ब्यक्तिलाई रोयल गार्डमा राख्ने प्रचलन रहेको छ । जसको लागि कतिपय देशमा सरकार टु सरकार र कतिपय अवस्थामा कुनै कम्पनी मार्फत त्यसरी भुतपुर्व सेना र प्रहरीका कर्मचारी भर्ना गरेर रोयल गार्डमा लिने गरिन्छ ।

रोयल गार्ड युनाइटेड अरब इमिरेट्स (युएई) संगै कतार, न्यूजील्याण्ड, स्विट्जरल्याण्ड र साउदी अरब, युके जस्ता देशहरुमा प्रचलित छन् ।

रोयाल गार्डमा हालका दिनमा भुपु सेना वा प्रहरी मात्रै होइन सर्वसाधारण समेतलाई लिने गरेको छ भने केहिले सैनिक तालिम लिएको प्रमाणपत्र पेश समेत गर्ने गरेको जानकारहरु बताउछन् ।

युएईमै रहेका नेपाली युवाहरुको लागि अवसर रहेको जानकार बताउछन् । युएईबाट प्रोसेस र रोयल गार्डको लागि छनौट समेत सहज हुने बताउछन् । युएईमै बेला मौकामा खुल्ने अवसरको लागि युएईमै रहेका नेपालीहरुको लागि राम्रो अवसर रहेको छ ।

२०७९ जेष्ठ १२, बिहीबार प्रकाशित 1 Minute 458 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।