
मे २५ दुबई : संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा बच्चा जन्माएर १५ मिनेटमै जानीजानी ह-त्या गरेको आ’रोपमा एक २८ वर्षीया महिलालाई सात वर्षको जेल स’जाय सुनाइएको छ।
यूएईबाट प्रकाशित पत्रिका खालीज टाइम्सको समाचार अनुसार ती महिलाले आफ्नो बच्चाको श’व फोहोरमा फाल्ने प्रयास गर्नुभन्दा पहिले तीन दिनसम्म झोलामा राखेकी थिइन्।
एक युवकका अनुसार ती महिला प’क्राउ पर्नुभन्दा केही दिनअघि एउटी महिला प्रशवको बेलामा जस्तो गरी चिच्या-एको आवाज सुनिएको थियो। ती युवकले तीन दिन पछि ती महिलालाई भवनको करिडोरमा झोला बोकेको देखेपछि सहयोग गर्ने प्रस्ताव गरेका थिए।
त्यसपछि ती युवकले उनलाई ट्याक्सीमा लिएर गएका थिए। त्यसबेला उनले आफूसँग भएको झोलालाई अर्कै ठाँउमामा फ्ँयाक्ने योजना बनाएको बताएकी थिइन्।
त्यसपछि ती व्यक्तिले सो काम आफूले गरिदिने बाचा गर्दै उनलाई आफ्नो कोठामा फर्कन आग्रह गरेका थिए। त्यसलगत्तै उनले प्रहरीलाई खबर गरे र केही मिनेटमै ती महिलालाई प्रहरीले पक्रा’उ गरेको थियो।
प्रहरीसँगको बयानमा ती महिलाले आफू एक जनासँग सम्बन्धमा रहेको र जसका कारण गर्भव-ती भएको बताएकी छिन्। उनले अल रिग्गामा रहेको निवासमा बच्चालाई जन्म दिएको बयान दिएकी छिन्।
त्यसपछि आफ्नो रुँदै गरेको बच्चालाई ओछ्यानमा राखेर निसासिने गरी रुन छोड्ने बेलासम्म सिरानीले थिचेर मारेको उनले बयान दिएकी छिन्।
ती महिलाले तीन दिनसम्म उक्त शवलाई झोलामा राखेर ओछ्यानको तन्नाले छोपेर कोठामा लुकाएकी थिइन्। उनले सो शवलाई फाल्नको लागि उपयुक्त समय पर्खेकी थिइन्।
उनलाई अदालतले ७ वर्षको जेल सजाय सुनाएको छ। जेलअवधि पूरा गरेपछि उनलाई देश निकाला समेत गरिने बताइएको छ। ती महिलाको राष्ट्रियता खुलाइएको छैन।
प्रवास खबर मा समाचार छ ।