२०७९ असार १५ बुधबार
  • काठमाडौँ

साउदी अरबमा जहाज उडाउने महिला टोली

मे २४, रियाद : साउदी अरबको एक एयरलाइन्सले चालक दलका सबै सदस्य महिला रहेको देशकै पहिलो उडान पूरा गरेको छ।

साउदी अधिकारीले यसलाई राज्यको सशक्तिकरणका लागि कोसेढुङ्गा भएको बताएका छन्। फ्लाईअडिलद्वारा सञ्चालित सो उडान बिहीवार राजधानी रियादबाट रेड सी तटीय सहर जेद्दाको लागि तय गरिएको थियो।

एयरलाइन्सका प्रवक्ता इमाद इस्कन्दरानीका अनुसार सात सदस्यीय चालक दलमा प्रथम अधिकृतसहित सबै साउदी महिला रहेका छन्। उनीहरुमध्ये कप्तानमात्र विदेशी महिला थिइन्।

साउदी अरबको नागरिक उड्डयन प्राधिकरणले शनिबार फ्लाईअडिलको घोषणा गरेको हो। अहिले साउदीको उड्डयन क्षेत्रमा महिलाहरूको भूमिकालाई जोड दिइएको छ।

प्राधिकरणले २०१९ मा महिला साउदी सह–पाइलटसँग पहिलो उडानको घोषणा गरेको थियो। साउदीले उड्डयन क्षेत्रको द्रुत विस्तारलाई अघि बढाउने प्रयास गरिरहेको छ। प्रवास खबर

२०७९ जेष्ठ १०, मंगलवार प्रकाशित 0 Minutes 124 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार