२०८० मंसिर १८ सोमबार
  • काठमाडौँ

कतारमा श्रमिकको लागी फिफाले कम्तिमा ४४ करोड अमेरिकी डलर छुट्याउनुपर्ने एम्नेस्टीको दावी

दोहा : कतारमा काम गरेको श्रमिकको लागी फिफाले कम्तिमा ४४ करोड अमेरिकी डलर छुट्याउनुपर्ने एम्नेस्टीको दावी
कतारमा मानवअधिकार दुव्र्यवहार भोगेका लाखौं आप्रवासी

श्रमिकहरूलाई क्षतिपूर्ति प्रदान गर्न फिफाले कम्तिमा ४४ करोड अमेरिकी डलर छुट्याउनुपर्ने एम्नेस्टी इन्टरनेसनलले दावी गरेको छ । विश्वकप फुटवल प्रतियोगिता सुरू हुनु ६ महिना अगाडी सार्वजनिक गरिएको एउटा नयाँ प्रतिवेदनले यस्तो देखाएको हो ।

प्रतिवेदनसँगै सार्वजनिक गरिएको एउटा खुल्ला पत्रमा एम्नेस्टी इन्टरनेसनल र मानवअधिकार संस्थाहरूको सञ्जाल तथा फुटबलका प्रशंसक समूहहरूले फिफाका अध्यक्ष जियानी इन्फान्टिनोलाई एउटा विस्तृत क्षति-पूर्ति कार्यक्रम स्थापना गर्न कतारसँग सहकार्य गर्न आग्रह गरेका छन् ।

“कतारमा आयोजना हुने प्रतियोगितासँग सम्बन्धित सबै श्रम दुव्र्यवहारका लागि क्षति-पूर्ति प्रदान गर्ने तथा भविष्यमा आयोजना हुने प्रतियोगिताहरूमा त्यस्ता दुव्र्य-वहारहरू नदोहोरिने कुरालाई कतार र फिफा दुवैले सुनिश्चित गर्नुपर्दछ” सो पत्रमा भनिएको छ ।

फिफाले सन् २०१० मा कतारलाई विश्वकप आयोजनाको जिम्मेवारी दिएको हो । त्यसयता भएका श्रृङ्खलाबद्ध दुव्र्य’वहारहरूमा क्षति-पूर्ति प्रदान गर्नका लागि फिफालाई कम्तिमा विश्वकप खेलमा पुरस्कार स्वरूप प्रदान गर्नका लागि

छुट्ट्याइएको ४४ करोड अमेरिकी डलर बराबरको रकम विनियोजन गर्न ति संस्थाहरुले आव्हान गरेका हुन् ।
श्रमिकलाई दिइने सो रकम फिफाले यस प्रतियोगिताबाट कमाउने ६ अरब अमेरिकी डलरको सानो अंश मात्र भएको एम्नेष्टिको ठहर छ ।

विश्वकप फुटवल प्रतियोगिता आयोजनाको जिम्मेवारी प्रदान गर्दा नै श्रमिकको सुरक्षाको विषयमा फिफाले कुनै शर्त कतारसाग नराखेकोमा ति संस्थाहरुले आपत्ति जनाउँदै आएका छन् ।

एम्नेस्टी इन्टरनेसनलकी महासचिव आग्नेस कालामार्डले प्रतियोगिता आयोजनाको अधिकार सुम्पने क्रममा श्रमिकको मानवअधिकारका बारेमा केही पनि उल्लेख नगरिएनु र श्रम सुरक्षासँग सम्बन्धित कुनै शर्तहरू नराख्नुले फिफाले ती

जो-खिमहरू रोक्न वा न्यूनीकरण गर्न अत्यन्तै न्यून प्रयास गरेको बताएकी छन् । केहि समय अगाडी एम्नेष्टि ईन्टरनेशनलले नै कतारमा कसरी सुरक्षा गार्डहरुमाथि चरम शो-षण भएको छ भन्ने रिपोर्ट सार्वजनिक गरेको थियो ।

नयाँ रिपोर्टका सन्दर्भमा एम्नेष्टि इन्टरनेशनलले जारी गरेको विज्ञप्तीमा भनिएको छ “सम्भावित मानवअधिकार दुव्र्य-वहारहरूप्रति आँखा चिम्लिएर र यसलाई रोक्नमा विफल भएर फिफाले रंगशाला र आधिकारिक होटेलहरूबाहेक कतारमा विश्वकपसम्बन्धी परियोजनाहरूमा संलग्न आप्रवासी श्रमिकहरूको व्यापक दुव्र्य-वहारमा निसन्देह: योगदान पु-र्याएको छ ।”

एम्नेस्टी इन्टरनेसनलले श्रमिकहरुलाई क्षति-पूर्ति प्रदान गर्न र भविष्यमा श्रमिकहरूको अधिकारको संरक्षणको लागि गरिने पहलहरूका लागि कम्तिमा ४४ करोड अमेरिकी डलर आवश्यक हुन भन्दै भुक्तानी गर्न बाँकी रहेको पारिश्रमिक, लाखौं कामदारहरूले तिरेको चर्को भर्ना शुल्क र घा-इते तथा मृ’त्यु

भएकाहरूलाई दिनुपर्ने क्षतिपूर्तिको लागि चाहिने कुल रकम भने अझ बढी हुन सक्ने जनाएको छ । यसको मूल्याङ्कन युनियन, नागरिक समाज संस्थाहरू, अन्तर्राष्ट्रिय श्रम संगठन र अन्यहरूसँगको सहभागितामूलक प्रक्रियाको आधारमा गरिनुपर्ने माग एम्नेष्टिले गरेको छ ।

विगतका दुव्र्य-वहारको पीडा मेट्न धेरै ढिला भएतापनि फिफा र कतारले क्षति-पूर्ति प्रदान गर्न र भविष्यमा यस्ता दुव्र्य-वहार हुनबाट रोक्न सक्ने भन्दै एम्नेष्टिले प्रतियोगिताका लागि काम गरेका श्रमिकहरूलाई क्ष-तिपूर्ति प्रदान गर्ने तथा त्यस्ता दुव्र्य-वहारहरू पुन: कहिल्यै नहोस् भन्ने सुनिश्चित गर्नका लागि आवश्यक कदमहरू चाल्नु पर्ने जनाएको हो ।

फिफा र कतारले सहकार्य गरी श्रमिकहरूलाई केन्द्रमा राख्नेगरी र श्रमिकले झेलेका कुनै पनि हानीहरूलाई सम्बोधन हुने सुनिश्चित गर्ने गरी एउटा विस्तृत क्षति-पूर्ति कार्यक्रम ल्याउन फिफा र कतारले सहकार्य गर्ने समय आएको एम्नेष्टिकी महासचिव आग्नेस कालामार्डले भनेकी छन् ।

अन्तर्राष्ट्रिय कानुन र फिफाको आफ्नै नियम अनुरूप मानवअधिकार उल्लंघन रोक्ने र पी-डितहरूलाई उपचार प्रदान गर्ने दायित्व र जिम्मेवारी कतार र फिफा दुवैमा रहेको एम्नेस्टी इन्टरनेसनल र अन्य संस्थाहरूले आह्वान गरेको पत्रमा भनिएको छ ।

सन् २०१३ मा बङ्गलादेशको राना प्लाजामा १ हजार ३ सय भन्दा बढी श्रमिकहरूको ज्यान जाने गरी भएको वि-पत्तिपछिको क्षति-पूर्ति कार्यक्रमलाई स्मरण गर्दै ति संस्थाहरुले श्रमिक, ट्रेड युनियन, अन्तर्राष्ट्रिय श्रम संगठन र नागरिक समाजको पूर्ण सहभागितामा एउटा कार्यक्रम स्थापना गर्न आग्रह गरेका छन् ।

२०७९ जेष्ठ ८, आईतवार प्रकाशित 1 Minute 238 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।