२०८० मंसिर २० बुधबार
  • काठमाडौँ

यूएईमा काम नगरी खाएको एक वर्षको तलब फिर्ता गर्न अदालतको आदेश

मे २१, आबुधावी : संयुक्त अरब इमिरेट्स (यूएई) को आबुधाबीमा रोजगारबाट बर्खास्त भएर पनि एक वर्षदेखि नियमित रुपमा मासिक तलब खाँदै आएका कम्पनीका

पूर्व कर्मचारीलाई सो रकम फिर्ता गर्न आदेश दिइएको छ।
रोजगारदाताले बर्खा’स्तीमा परेकी एक महिलाको खातामा भुलवस २०२० को सेप्टेम्बरदेखि २०२१ को सेप्टेम्बरसम्म जम्मा ५२ हजार ४ सय १५ दिराम रकमान्तरण गरेको थियो।

परिवार र नागरिक प्रशासनिक दावीका लागि आबुधाबी अदालतले उक्त महिलालाई सो रकम फिर्ता गर्न निर्देशन दिँदै आदेश जारी गरेको हो। अदालतका आधिकारिक कागजातअनुसार रोजगारदाताद्वारा पूर्व कर्मचारीवि-रुद्ध मुद्दा

दायर गरी सो रकम फिर्ता गर्न माग गरिएको थियो। रोजगारदाताका अनुसार उनी मेडिकल फिटनेस टेस्ट पास गर्न असफल भएपछि २०२० को जुलाइमा ती महिलाको करार खारेज गरिएको थियो।

रोजगारदाताले भुलवस उनको खातामा १२ महिनाको तलब पठाइएको त्रु-टि देखेपछि महिलालाई सम्पर्क गरी पैसा फिर्ता गर्न भनेको थिए। तर, उनले अस्वीकार गरेपछि कम्पनीले सो मुद्दा अदालतमा पेश गरेको थियो।

रोजगारदाताले ती महिलालाई भौतिक र नैतिक क्षतिको क्ष-तिपूर्तिस्वरुप थप ३० हजार दिराम दिनुपर्ने माग गरेको थियो। तर, न्यायाधीशले उक्त अनुरोध अस्व-कार गरेका हुन्। सबै पक्षको सुनुवाइपछि अदालतले ती महिलालाई रोजगारदाताबाट पाएको ५२ हजार ४ सय १५ दिराम फिर्ता गर्न आदेश दिएको हो। खालीज टाइम्स्

२०७९ जेष्ठ ६, शुक्रबार प्रकाशित 1 Minute 276 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।