
काठमाडौं : मलेसियाले विदेशी कामदार भर्नाको प्रक्रियालाई सकेसम्म छोटो र छरितो बनाउने बताएको छ । को-रोना भा’इरस महामा’री समाप्तिको अन्तिम अवस्थामा पुगेको र सबै प्रकारका आर्थिक गतिविधिमा तिव्रता आएको भन्दै नयाँ
विदेशी कामदार नल्याएसम्म श्रमजनशक्ति पूर्ति गर्न नसकिने निष्कर्षमा सरकार पुगेको त्यहाँकी पर्यटन, कला तथा संस्कृति मन्त्री न्यासी शुक्रीले बताइन् । मलेसियाको सबै क्षेत्रमा कामदारको अभाव रहेको, त्यसको परि’पूर्तिका लागि
स्थानीय मलेसियालीहरूलाई आकर्षित गर्ने नीति लिइएको भएपनि त्यो प्रभावकारी नदेखिएको उनले बताइन् ।
यसवर्षको अन्त्यसम्म मलेसियामा ५ लाख पर्यटन आउने भन्दै उनले त्यसका लागि मात्रै तत्काल २० हजार अतिरिक्त कामदार आवश्यक देखिएको बताइन् ।
हालका दिनमा सबै क्षेत्रमा कामदारको अभाव रहेको भन्दै उनले विदेशी कामदार नै श्रम बजारमा देखिएको अभाव परिपूर्ति गर्ने भरपर्दाे माध्यम भएको निष्कर्षमा सरकार पुगेको समेत स्थानीय सञ्चारमाध्यमहरूलाई बताइन् ।
मलेसियामा सरकारले विदेशी कामदार ल्याउन अनुमति प्रदान गरेपनि कामदार भर्ना प्रक्रियामा अनुचित लामो समय लाग्ने रोजगारदाताहरूको गुना’सो आउने गरेकोे छ ।
बढीमा दुई महिना भित्र श्रम बजारमा रहेको कामदार आपूर्तिको समस्या समाधान गर्ने विषयमा मन्त्रिपरिषद्मा छलफल भएको पनि उनले सार्वजनिक गरिन् ।
को’रोना भा’इरस संक्र’मणका कारणले करिब दुई वर्ष विदेशी कामदार ल्याउन रोकेको मलेसियाले गत जनवरीदेखि प्लान्टेशन र फेब्रुअरीदेखि अन्य क्षेत्रमा विदेशी कामदारको नयाँ भर्ना गर्न शुरूवात गरेकोे हो ।
मलेसियाले नेपालसहित १६ श्रोत मुलुकबाट विदेशी कामदार लैजाने गरेको छ । विशेष गरी नेपाली कामदार कार्यरत सेक्युरिटी गार्डको क्षेत्रमा कामदारको अ’भाव रहेको छ । नयाँ कामदार नजाँदा मलेसियामा रहेका नेपाली सुरक्षागार्डहरूले निरन्तर ७२ घण्टासम्म पनि काम गर्नुपरेको गुना-सो गरेका छन् ।