
टोकियो : जापानमा एक जना नेपाली युवाको असामयिक नि’धन भएको छ । सोलुखम्बु जिल्ला विचा टोल ताप्पतिङ २ स्थायी घर भई हाल जापानको नागोयामा रोजगाररत ४१
वर्षीय मन कुमार मगरको यहि मे महिनाको ३ तारिक नि’धन भएको हो । प्राप्त जानकारी अनुसार प्रहरी हिरासतमा रहँदा अस्वस्थ मगरको उपचारको क्रममा अस्पतालमा मृ-त्यु भएको हो । यस घट’नामा परिवारलाई साथ सहयोग गर्दै आएका
एनआरएनए आईसीसी सदस्य दिपक कार्कीका अनुसार, मन कुमार गत अप्रिल १५ तारिख बिहान १० बजेतिर साथीकोमा जाने भनि निवासबाट हिँडेका थिए । तर साँझ फर्किएर नाएपछि उनकी श्रीमतीले खोजी सुरु गरेकी थिईन्
सबै ठाउँमा सोधी खोजी गर्दापनि नभेटिएपछि प्रहरीलाई खबर गर्दा हिरासतमा रहेको जानकारी प्राप्त भएको थियो ।प्रहरीको हिरा-सतमा रहँदा स्वासप्रस्वासमा समस्या आएपछि उप-चारको लागि उनलाई अस्पताल पु-र्याईएको थियो ।
अस्पतालमा भेन्टिलेटमा राखेर लामो समय उपचार गर्दा पनि कुनै सुधार नभएका मगरलाई यहि मे ३ तारिख अस्पतालले मृ-त घोषणा गरेको हो ।
हाल उनको पार्थिव शरीर प्रहरीको जिम्मामा राखिएको छ भने, अ-न्त्ये’ष्टि कार्यमा १८ बर्सिय छोरा र वर्ष १० की छोरीले बावुको मुख हेर्न चाहाना गरे बमोजिम भिषाको प्रक्रिया पुरा गरि जापान आऊने प्रकृया अघि बढाईएको छ ।
अ-न्त्ये’ष्टिका लागि लाग्ने खर्च साथै नेपालबाट छोरा-छोरी लगायतका परिवारका सदस्यहरु आउनका लागि ठूलो रकम खर्च हुने भएकाले अ-न्त्ये’ष्टिको लागि आवश्यक सहयोगको अपेक्षा मृ-तककी श्रीमती कान्छिमाया मगरले सहयोगका लागि अनुरोध गर्नुभएको छ ।