
दोहा : कतार च्यारिटीले नेपालमा आठ वटा एम्बुलेन्स सहयोग गरेको छ ।नेपालका विभिन्न अस्पताल र केन्द्रहरूलाई कतार च्यारिटीले आठ वटा एम्बुलेन्स सहयोग गरेको हो ।
लुम्बिनी जिल्लाको स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण मन्त्रालयसँगको सहकार्यमा नेपालका विभिन्न अस्पताल र केन्द्रहरूलाई आवश्यकता भएकाले सबै प्राथमिक उपचार
सामग्रीसहित आठ वटा एम्बुलेन्स उपलब्ध गराएको एम्बुलेन्सदाता कतार च्यारिटीले बताएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसी, स्वास्थ्यमन्त्री इन्द्रगीत थारु, स्वास्थ्यमन्त्री
अथर कमल, संघीय संसदका सदस्य वसीउद्दीन खान, शिक्षामन्त्री मनोज भट्ट अमिन र समाज कल्याण परिषद्का सदस्यको उपस्थितिमा एम्बुलेन्स हस्तान्तरण गरिए ।