
क्वालालम्पुर : मलेसियाको नयाँ तलब दर RM१,५०० आधिकारिक रूपमा राजपत्रित गरिएको छ र यो आइतवार, जुन श्रम दिवस पनि हो, राष्ट्रव्यापी रूपमा लागू हुनेछ।
तर पाँच भन्दा कम कामदार भएका रोजगारदाताहरूका लागि भने अलि सहज गर्दैन अर्को वर्ष १ जनवरी देखि मात्र RM१,५०० तिर्नु पर्ने कानूनी रूपमा आवश्यक हुनेछ।
मानव संसाधन मन्त्री दाटुक सेरी एम. सरावननले बनाएको न्यूनतम ज्याला आदेश २०२२ हिजो संघीय सरकारको राजपत्रमा प्रकाशित भएको थियो।
यसको मतलब रोजगारदाताहरूले कामदारहरूलाई तिर्नु पर्ने न्यूनतम ज्याला प्रति घण्टा RM७.२१ हुनेछ।