२०७९ जेष्ठ ९ सोमबार
  • काठमाडौँ

जापान जानेहरुको लागि आयो यस्तो खुसिको खबर !

जेठ १, जापान : जापान सरकारले विदेशबाट आउनेहरूको सीमा दोब्बर गरी जुनमा प्रतिदिन २०,००० पु-र्याउने भएको छ । सरकारी स्रोतहरूले बुधबार बताए अनुसार गत साताको

अन्त्यमा समाप्त भएको जापानको गोल्डेन वीक बिदा पछि एयरपोर्ट क्वारिन्टिन पूर्वाधार र घरेलु संक्रमणको अवस्थाको परीक्षण पछि जापान सरकारले जापान प्रवेश थप खुकुलो
बनाउन लागेको बताइएको छ ।

हाल दैनिक १०,००० व्यक्तिले जापान प्रवेश पाइराखेका छन् । यसअघि जापानले दैनिक ७,५०० र त्यसअघि दैनिक ३,५०० व्यक्तिलाई जापान प्रवेश दिएको थियो । जापानको निजी क्षेत्रले कामदार लैजान सहजीकरण गर्ने जापानमा नेपाली श्रमिकका लागि रोजगारीको अवसर दिन जापानको निजी क्षेत्रले तालिम तथा सहजीकरणको काम सुरु गरेका छन् ।

३ वर्षअघि जापान र नेपालबीच भएको स्पेसिफाइड स्किल वर्कर (एसएसडब्लू) अन्तर्गत भएको सहयोग समझदारीलाई कार्यान्वयन गर्न नेपालमा कार्यालय स्थापना गरेर सीप तालिम कार्यक्रम सुरु गरिएको हो।

जापानको अध्यागमन विभागमा दर्ता भई टोकियोमा कार्यालय रहेको ह्युमन आइ कम्पनीले एसएसडब्लूअन्तर्गत रोजगारीका लागि जापान जाने केयरगिभरको तालिम र परीक्षाको तयारी गरिहेको छ।

२ देशबीच भएको समझदारीअनुसार कार्यविधि बनाउन नेपाल पक्षबाट ढिलाइ भए पनि टोकियोमा कार्यालय रहेको ट्युमन आइ कम्पनीले नेपाली श्रमिक लैजान सहजीकरण गर्न थालेको हो।

जापानी लगानीमा र वर्षअघि नेपालमा स्थापना भएको स्किल एजुकेसन एन्ड वर्क एकेडेमी (सेवा नेपाल) ले जापानका रोजगारदाताको आवश्यकता अनुसारको सीप तथा भाषा कार्यक्रम सञ्चालन गरेर नेपाली केयरगिभर लैजान सहजीकरण गर्ने जनाएको छ।

२०७९ जेष्ठ १, आईतवार प्रकाशित 1 Minute 543 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार