२०७९ जेष्ठ ७ शनिबार
  • काठमाडौँ

युएईको शेखमा चुनिए मोहम्मद बिन जायद

मे १५, एजेन्सी : शेख मोहम्मद बिन जायद अल नाह्यान संयुक्त अरब एमिरेट(युएई)का नयाँ राष्ट्रपति चुनिएको त्यसको सरकारी समाचार एजेन्सीले जनाएको छन्।

पश्चिमी मुलुकमा एमबीजेड भनेर चिनिने मोहम्मद विन जायद खासमा सन् २०१४ मा उनका सौतेनी दाइको नाममा युएईको वास्तविक कार्यकारी अधिकार अभ्यास गर्दै आइरहेका छन्।

शुक्रबार संयुक्त अरब इमिरेट्सका राष्ट्रपति तथा अबु धाबीका राजा(अमिर) शेख खलिफा बिन जायद अल नाह्यानको निधन भएको थियो । खलिफा बिन जायदको मृत्यु भएको एक दिनपछि नै शनिबार देशको संघीय सर्वोच्च परिषद्ले शेख मोहम्मद बिन जायदलाई राष्ट्रपति चुनेको हो।

योसँगै मोहम्मद बिन जायाद सन् १९७१ मा अरब प्रायद्वीपमा रहेका सात स–साना एमिरेट मिलेर गठन भएको संयुक्त अरब एमिरेटका तेस्रा राष्ट्रपति चुनिएका छन् ।

युएई एक साना मुलुकहरू सम्मिलित फेडेरेसन राष्ट्र हो । यसको शासनको लागि सात सदस्य एमिरेटका राजा(अमिर) सम्मिलित रहने संघीय सर्वोच्च परिषद् निर्माण गरिएको छ ।

युएईमा सम्मिलित सातमध्ये सबैभन्दा ठूलो एमिरेट अबु धावीका राजा स्वत युएईको राष्ट्रपति हुने व्यवस्था छ। त्यस्तै दोस्रो ठूलो एमिरेट दुबईका राजा प्रधानमन्त्री हुन्छन् ।

सन् २००४ मा युएईका संस्थापक तथा अबु धावीका राजा जायद बिन सुल्तान अल नाह्यानको मृत्युपछि उनका जेठा छोरा खलिफा बिन जायाद अल नाह्यान राष्ट्रपति बनेका थिए।

खलिफा बिन जायद सन् २०१४ मा हृदयाघातका कारण हिँडडुल गर्न नसक्ने गरी थलिएका थिए । त्यस यता मोहम्मद बिन जायाद अल नाह्यानले राजकाजको कार्यकारी भूमिका सम्हाल्दै आएका थिए। रोगले थलिएदेखि मृत्यु नभएसम्म खलिफा बिन जायदको भूमिका सेरेमोलियल मात्रै थियो ।

२०७९ बैशाख ३१, शनिबार प्रकाशित 0 Minutes 240 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार