२०८० आश्विन १२ शुक्रबार
  • काठमाडौँ

मे १५ देखी युएईले नयाँ भिसा र भिसा रिन्युको लागी यस्ता डकुमेन्ट अनिवार्य ग-र्यो !

काठमाडौं : यूएईले नेपालसहित सबै देशबाट वैदेशिक रोजगारी, भ्रमण तथा पारिवारिक भिसा खुला गरेको छ ।
यूएईले सबै किसिमका भिसाको लागि लागू हुने गरी

विश्वका सबै मुलुकका नागरिकहरुका लागि इम्प्लाईमेन्ट, टुरिष्ट र पारिवारिक भिसा खुला गरेको खालिज टाइम्सले जनाएको छ । को’रोनाको खोप लगाउनेको संख्या बढेको र दर कम भएपछि यूएईले रात्रीकालीन ग’तिवि’धिहरुलाई पनि खुकुलो बनाएको छ ।

यूएईले नेपालसहित बंगलादेश कंगो भारत, लाईबेरिया, नामिविया, नाइजेरिया पाकिस्तान, सियरा लियोन, श्रीलंका, दक्षिण अफ्रिका, युगाण्डा, भियतनाम र जाम्बियाका नागरिकलाई यूएई प्र’वेशमा लामो समयदेखि रो क लगाएको थियो ।

कस्ता डकुमेन्ट आवश्यक

यूएई यात्रा गर्ने विदेशी यात्रुले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले प्रमाणित गरेको कुनै पनि खोप लगाएको, उडान भर्ने बेला अनिवार्यरुपमा विमानस्थलमा पीसीआर

परीक्षण गरी रिपोर्ट नेगेटिभ, क्युआर कोड सहितको रिपोर्ट र
यूएईले प्रयोग गरिरहेको ‘अल होस्न’ एप्लिकेसनको आइसीए डाउनलोड गरी रजिष्टर्ड गरेको हुनुपर्ने शर्त तोकेको छ ।

नेपालमा भने यूएईको भिजिट भिसा खुला नहुँदै नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसामा जानेहरुको भीड बढेको बताइएको छ ।

विगतमा जस्तै नेपाली कामदारहरु भिजिट भिसामा पठाएर कमाउन पल्केका नेपालका केही एयरलाइन्स तथा ट्राभल एजेन्सी र केही म्यानपावर कम्पनीहरु हाल पनि सक्रिय रहेको श्रोतले बतायो ।

दुबईले कुन कुन खोपलाई मान्यता दिएको छ ।

–मोडर्ना
–फाँइजर बाँयोटेक
–जोनसन् एन्ड जोन्सन्
–अक्सफोर्ड एस्ट्राजेनेका
–कोभिसिल्ड
–सिनोफार्म
–सिनोभ्याक

२०७९ बैशाख ३०, शुक्रबार प्रकाशित 0 Minutes 468 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।