२०७९ जेष्ठ ९ सोमबार
  • काठमाडौँ

दुबईका राष्ट्रपतिको नि’धन, सरकारी निकाय तथा निजी क्षेत्र तीन दिन बन्द रहने

मे १३, दुबई : संयुक्त अरब इमिरेट्सका राष्ट्रपति शेख खलिफा बिन जायद अल नाह्यानको नि-धन भएको छ । उनको ७३ वर्षको उमेरमा नि-धन भएको त्यहाँको सरकारी समाचार संस्था वामले जनाएको छ ।

राष्ट्रपति मामिला मन्त्रालयले आधा झण्डा झुकाएर ४० दिने औप-चारिक शोकको घोषणा गरेको छ । संघीय र स्थानीय तहका मन्त्रालय र सरकारी निकाय तथा निजी क्षेत्र तीन दिन बन्द गर्ने घोषणा गरेको छ ।

वामले ट्वीट गरेको छ । नाह्यान लामो समयदेखि बिरामी रहेको जनाइएको छ । सन् १९४८ मा जन्मेका शेख खलिफा सन् २००४ मा पिता शेख जायद अल नाह्यानको उत्तराधिकारी बनेका थिए ।

थप समाचार, नेपालबाट बैदेशिक रोजगारीमा जानको लागि संस्थागत रुपमा १ सय ११ देश खुला गरिएको छ । पछिल्लो समय सरकारले स्वीडेनमा पनि संस्थागत रुपमा वैदेशिक रोजगारमा जान पाइने सूचिमा राखेको छ ।

नेपाल सरकारले बैदेशिक रोजगारीमा जाँदा म्यानपावर कम्पनीलाई तिर्नुपर्ने सेवा शुल्कबारे निश्चित शुल्क तोकेको छ तर अधिकांश म्यानपावरले सरकारको नीतिलाई मिचेर चर्को अशुली गर्ने गरेको गुनाशो छ । सरकारले तोकेको शुल्क र म्यानपावरले उठाउने शुल्कमा तालमेल नमिल्दा कयौं युवाहरु ठगीको सिकारमा परेका छन् ।

सरकाराले कामदारबाट म्यानपावर कम्पनीले लिन पाउने अधिकतम सेवा शुल्क तोकेको छ । सरकारले २०७२ असार २१ गतेदेखि बिभिन्न ७ देशको लागि फ्रि भिसा फ्रि टिकटको व्यवस्था लागू गरेको छ ।

जसअनुसार खाडीका ६ देश कतार, साउदी, कुवेत, बहराइन,ओमान, युएईको लागि फ्रि भिषा र फ्रि टिकट अनिवार्य गरिएको छ भने सेवा शुल्क बढिमा १० हजारसम्म म्यानपावर कम्पनीले लिन छुट दिइएको छ । तर सरकारले अनुगमन नगर्दा खाडीमै जान पनि म्यानपावर कम्पनीहरूले कामदारसँग ५ लाखसम्म शुल्क लिने गरेका छन् ।

मलेसियाको लागि कामदारको सबै खर्च रोजगारदातालाई नै तिराउने गरि नेपाल र मलेसिया विच श्रम सम्झौतामा हस्ताक्षर भइसकेको छ। यो पनि कार्यन्वयनमा आएको छैन । मौरिसस् को लागि १ लाख ९ हजार ९ सय, जापानको लागि टिकट बाहेक ५० हजार (हाल दुई देशवीच सरकारीस्तरमा नै कामदार

लैजानेगरी श्रम समझदारी भएको तर सेवा शुल्क नतोकिएको), रसियाको लागि ८० हजार, पोल्याण्डको लागि ८० हजार ४ सय, पोर्चुगलको लागि ६५ हजार, लिबिया ९० हजार (४१७५ खाना, आवास सुविधा सहित) तोकिएको छ ।

त्यस्तै इपिएस मार्फत दक्षिण कोरियाको लागि ७ सय ७० युएस डलर, अल्जेरियाको लागि सिप भएकाको लागि १ लाख १८ हजार र स्टाफको लागि १ लाख २३ हजार सेवा शुल्क तोकिएको छ ।

यी देश बाहेक सेवा शुल्क नतोकिएका मुलुकको हकमा अधिकतम ६ महिनाको तलब बराबर म्यानपावर कम्पनीले लिन पाउने प्रावधान रहेको छ । यदि म्यानपावर कम्पनीले यो सेवा शुल्क भन्दा बढी लिएमा श्रम मन्त्रालयको कल सेन्टर, बैदेशिक रोजगार विभागमा उजुरी गर्न सकिन्छ ।

२०७९ बैशाख ३०, शुक्रबार प्रकाशित 1 Minute 157 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार