२०७९ जेष्ठ ८ आईतवार
  • काठमाडौँ

मलेसियामा रहेका नेपाली वर्किङ भिसामा सिंगापुर जान सकिने, के छ प्रक्रिया ?

क्वालालम्पुर : मलेसियामा रहेका नेपालीहरूको लागि यो खनर खुसिको हुन सक्छ । यदि तपाईं मलेसियामा कार्यरत हुनुहुन्छ भने यो तपाइको लागि अवसर हो ।

यदि तपाई मलेसियामा हुनुहुन्छ र मलेसियाबाट नै सिंगापुर रोजगारमा वर्किङ भिसामा काम गर्न जान चाहनुहुन्छ भने त्यो सम्भव छ , त्योपनी सजिलै ।

मलेसियामा कामदार भिसामा रहेका नेपालीहरुलाई सिंगापुरमा वर्किङ भिसाको अप्लाइ गर्न सहज र कम खर्चमा हुने बताइएको छ ।

सिंगापुरमा नेपालीहरूको लागि पानीजहाज, योग्य भएको अवस्थामा सिंगापुर पोलिस वा अन्य फ्याक्ट्री वर्करको रुपमा काम पाउन सकिन्छ ।

कति हुन्छ तलब ?

सिंगापुरमा काम गर्न जान पाउनु धेरैको सपना हो ।राम्रो तलब, राम्रो सेवा सुबिधा, इज्जत र घर फर्किदा दिइने सुबिधा समेत राम्रो छ ।

सरदर नेपालीले सिंगापुरमा २ लाख रुपैयाँ मासिक कमाउने गर्छन् । कामको प्राकृति हेरि धेरै तथा थोरै हुन सक्नेछ ।

कसरी जाने ?

सिंगापुर जान नेपालबाट सहज छैन,धेरै कम मात्रामा बिज्ञापन खुल्छ त्यसैमा लागत १०-१२ लाख भन्दा बढी लैजाने गर्छन् ।

त्यसैले धेरै नेपालीहरु मलेसियामा कामदार भिसामा जाने र त्यहाका एजेन्ट वा मेनपावर एजेन्सीहरु संगको सहकार्यमा सिंगापुर जाने गर्छन् ।

यसरि जादा त्यहाँका मेनपावर एजेन्सीहरुले करिब 5 हजार रिङ्गेट सम्म लैजाने बुझिएको छ । तर यो सुचनाको आधारमै अनाहकमा पैसा कसैलाई पनि नतिर्न र राम्रो संग नबुझेसम्म कसैलाई पैसा नबुझाउनु होन अनुरोध गर्दछौं ।

२०७९ बैशाख ३०, शुक्रबार प्रकाशित 1 Minute 299 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार