
क्वालालम्पुर : मलेसिया रोजगार नेपालको लागी नयाँ सम्भावनाको ढोका खुल्ने निश्चित जस्तै भएको छ ।सुरक्षागार्ड र फ्याक्ट्री कामदारमा मात्रै मलेसिया जाने गरेका नेपालीहरुको
लागी नयाँ क्षेत्रमा समेत लैजाने तयारी गरेको छ ।
मलेसियाले मलेसियामा आवश्यक अन्य क्षेत्रमा पनि नेपाली कामदार मलेसिया भित्राउने कुरामा सहमति भैसकेको जनाएको छ ।
मलेसिया र इन्डोनेसिया बीचको समझदारी ज्ञापन (एमओयू) अत्कन लागि रहेको कारण मलेसियाको निजी रोजगार एजेन्सीहरूको राष्ट्रिय संगठन (PIKAP) का अध्यक्ष फियोना लोले भने, रोजगारदाताहरूले इन्डोनेसियाबाट मात्र कामदारहरू नलिकन अब नेपाल बंगलादेश बाट ल्याउने तयारी गरिन्छ।
मलेशिया का घरेलु कामदारलाई सीमित गर्ने हदसम्म कडा सर्तहरू इन्डोनेसिया ले लगाउँदा मलेशिया र इन्डोनेसिया बीच कुरा मिलेको छैन।
(PIKAP) का अध्यक्ष ले रोजगारदाताहरूलाई अब नेपाल बंगलादेश हरु जस्ता सस्तो कामदार प्रदान गर्ने देशहरूबाट कामदारहरू खोज्न प्रोत्साहित गरेका छन् ।