२०८० जेष्ठ २६ शुक्रबार
  • काठमाडौँ

जजिराले दोहा-भैरहवा हप्तामा तीनवटा उडान गर्ने !

बैशाख २९, काठमाडौ : जजिरा एयरलाइन्सले दोहा देखि भैरहवा सम्म हप्तामा तीनवटा नियमित उडान सुरु गर्ने भएको छ । नेपालको दोस्रो विमानस्थल गौतम बुद्ध अन्तर्राष्ट्रिय

विमानस्थलमा जुन १२ देखि जजिरा एयरलाइन्सले दोहादेखि उडान सुरु गर्ने बताएको छ । एयरलाइन्सले आइतबार, मंगलबार र बिहिवार दिउँसो ३:३० बजे दोहा बाट उडान गर्ने जनाएको छ ।

दोहाबाट कुवेतमा १ घन्टा ३५ मिनेटको ट्रान्जिट हुनेछ र त्यहाँबाट ६:३० बजे नेपालको लागि प्रस्थान गर्नेछ । भैरहवामा विमान राती १ बजेर ४५ मिनेटमा अवतरण हुनेछ ।

एयरलाइन्सले ३० केजी सामान निशुल्क लान सकिने व्यवस्था गरेको छ । त्यस्तै अतिरिक्त १० केजी सामानको १२३ रियाल शुल्क लाग्ने एयरलाइन्सले बताएको छ ।

विमानस्थलको उद्घाटन मे १५ तारिक हुँदैछ । आइतबार हुने उद्घाटनकै दिन पनि एयरलाइन्सको एउटा उडान दोहा देखि बेलुका ६:२० बजे हुनेछ ।

उडान बारे विस्तृत जानकारीको लागि कतारस्थित एयरलाइन्सको कार्यालयमा सम्पर्क गर्न सकिन्छ । फोन नम्बर ४४२७१०१०/३०७०१०४२ इमेल – [email protected]
बिज्ञापन

२०७९ बैशाख २९, बिहीबार प्रकाशित 1 Minute 606 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।