२०७९ आश्विन १० सोमबार
  • काठमाडौँ

नयाँ कामदार भर्ना संगै मलेसियामा होस्टेल बारे यस्तो मापदण्ड !

क्वालालम्पुर : मलेसियामा को’रोना भाइ’रस (को-भिड–१९)को संक्र’मण तीव्र भए को बेला आप्रवासी कामदार बस्ने होस्टेलहरूको स्वच्छता र मापदण्ड बारे नयाँ छलफल भएको हो

मलेसियाको श्रम विभागले हालै गरेकोे अनुगमनमा अधिकांश स्थानमा कामदारहरू सामान राख्ने बक्समा सुत्नु परेको, खाना पकाउने किचन साङ्लाले घेरिएको र पानीको पाईप फुटेको र सुत्ने स्थान साँघुरो देखिएको थियोे ।

को’रोना संक्र-मण फैलावटको कारण पहिल्याउने क्रममा आप्रवासी कामदारहरुको साँगुरो र अस्वस्थ बासस्थान पनि एक कारण पाइएपछि मलेसिया सरकारले अघिल्लो वर्षको जुलाईमा रोजगारदातालाई आप्रवासी कामदारहरुको उचित वासस्थान व्यवस्था गर्न निर्देशन दिएको थियो ।

तर अधिकांश रोजगारदाताहरुले आर्थिक भारको कारण देखाउँदै वासस्थानको व्यवस्था नगरेको पाइएको मलेसियामा कार्यरत ट्रेड युनियनहरूले बताएका छन् ।

मलेसियाको आधिकारिक ट्रेड युनियन संस्था मलेसियन ट्रेड युनियन कंग्रेसले रोजगारदाताहरुले वासस्थान व्यवस्थानपनका लागि समय माग गरेपनि त्यसमा इमान्दारिता नरहेको टिप्पणी गरेको छ ।

रोजगारदाताहरुले वर्षौंदेखि ठूलो नाफा गर्दै आएपनि कामदारको आवास तथा उचित वासस्थानको क्षेत्रमा लगानीको नगर्ने आ-रोप निजी क्षेत्रमाथि लागेको छ ।

मलेसियन ट्रेड युनियन महासंघका महासचिव जे सोलोमान न्यून तलवमा काम गर्नुपर्ने बाध्यतामा रहेका आप्रवासी कामदार उचित वासस्थानको अभावमा अस्वस्थकर स्थानमा बस्न बाध्य भइरहेको धेरै अगाडि देखि टिप्पणी गर्दै आएका छन् ।

अघिल्लो वर्ष मलेसियाको संसदबाट पारित भएको आवास तथा बसोबास सम्बन्धि एक ऐनले सबै क्षेत्रका आप्रवासी कामदारहरुलाई आवासको उचित प्रवन्ध गर्नुपर्ने उल्लेख गरेकोे छ ।

मलेसिया सरकारले आप्रवासी कामदारको आवास सम्बन्धि उचित प्रवन्ध नगर्ने कम्पनीलाई प्रति कामदार ५० हजार रिगेटसम्म जरीवाना गर्ने चेतावनी दिएको छ ।

२०७९ बैशाख २९, बिहीबार प्रकाशित 1 Minute 262 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार