२०७९ जेष्ठ ८ आईतवार
  • काठमाडौँ

एक्जिट भिषा लाउने बारे साउदी सरकारको यस्तो कदम !

साउदी अरब : नेपाली दूतावास रियादले २० मे २०२२ का दिन दम्माममा श्रमिक सचेतना कार्यक्रम गर्दै श्रमिकहरुको गुनासो/समस्या संकलन गरि विविध कारणबस नेपाल

फर्किन नसकेका, साउदिमा फसेका नेपालीहरुका लागि एक्जिट भिषा लगाउन सहयोग गर्ने भएको छ । दूतावास रियादले आफ्नो फेसबुक पेजबाट आधिकारिक सुचना जारी गर्दै

दम्माम तथा वरिपरि रहेका सम्पुर्ण नेपालीहरुलाइ उक्त कार्यक्रममा कामदारहरूले आफ्नो राहदानी सक्कल, राहदानीको फोटोकपि र इकमाको फोटोकपि साथमा लिएर उपस्थिति भइ सेवा लिन अनुरोध गरेको छ ।

दूतावासले जारी गरेको सुचना जस्ताको त्यस्तै –

१. कम्पनीले इकामा नबनाइदिएको वा इकामा नविकरण नगरिदिएको वा हुरूब लगाइदिएको कारणले नेपाल फर्किन नपाएकाहरूको एक्जिट भिसा प्रोसेसिङ गरिने छ ।

यस्तो समस्या भएका कामदारहरूले आफ्नो राहदानी सक्कल, राहदानीको फोटोकपि र इकमाको फोटोकपि साथमा लिएर आउनुहोला ।

अहिलेसम्म इकामा नै बनाएको छैन भने साउदी आउँदा साउदी अध्यागमनले आफ्नो राहदानीको जुन पेजमा बोर्डर नं. लेखिदिएको दिएको छ त्यो पेजको फोटोकपि लिएर आउनुहोला ।

२. कम्पनीले सम्झौता अनुसारको तलब सुविधा दिएको छैन, काम गरेको समयको तलब दिएको छैन, ओभरटाइमको पैसा दिएको छैन, छुट्टीमा घर जान दिएको छैन, अपलपत्र पारेको छ, अनावश्यक जरिवाना लगाइदिएको छ, फर्जी कागज बनाएर फसाएको छ भने यस्ता किसिमका कामदारको समस्या समाधानको लागि पहल गरिने छ ।

यस्तो समस्या भएका कामदारले आफ्नो राहदानी र इकामाको फोटोकपि र आफ्नो सुपरभाइजर वा कम्पनीको एचआर वा कफिलको सम्पर्क मोवाइल नं. लिएर आउनुहोला ।

२०७९ बैशाख २८, बुधबार प्रकाशित 1 Minute 352 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार