
नयाँ दिल्ली : भारतमा एउटा घरेलु एयरलाइन्सले एक अपा-ङ्गता भएका किशोरलाई आफ्नो उडानमा चढ्न इन्कार गरेको विषयलाई लिएर त्यसको चौतर्फी विरोध भएको छ ।
एयरलाइन्सले विभे-दपूर्ण व्यवहार देखाएको सर्वसाधारणले गुनासो गरेका छन् । भारतका उड्डयन मन्त्री ज्योतिरादित्य सिन्धियाले त्यसबारे अनु-सन्धान सुरु गरिएको बताएका छन् ।
इन्डिगो एयरलाइन्सले आफूहरूमाथि लगाइएका आरोप अस्वीकार गर्दै आएको छ । समावेशी संगठन भएकोमा आफूलाई गौरव महशुस भएको पनि कम्पनीले दाबी गरेको छ । उनी अन्य यात्रीका लागि जोखि-मपूर्ण भएको एयरलाइन्सका कर्मचारीहरूले बताएका थिए ।
मन्त्री सिन्धियाले दोषीलाई उचित कारबाही गर्ने वाचा गर्दैै आफूले व्यक्तिगत रूपमा घटनाको अनुसन्धान गरिरहेको बताए । ‘यस्तो व्यवहारप्रति शून्य सहनशीलता छ । कुनै पनि मानिसले यसबाट गु-ज्रनु पर्दैन’, उनले ट्वीटरमा लेखे ।
घ’टनाबारे नागरिक उड्डयन महानिर्देशनालयले पनि एयरलाइनसँग रिपोर्ट मागेको छ । विमानकी सहयात्री मनिषा गुप्ताले फेसबुकमा लेखेपछि राँची विमानस्थलमा भएको सो घ-टनाका बारेमा सार्वजनिक भएको थियो ।