
क्वालालम्पुर, मलेसिया : विदेशी आप्रवासीहरूले अवैध रूपमा मलेसिया बस्ने प्रयासलाई असफल पार्दै मलेसियाको इमिग्रे-शन (अध्यागमन) विभागले यस वर्ष को मे महिना सम्म मा ६
हजार ५सय ७३ गैरकानुनी आप्रवासी लाई छापा मारी नियन्त्रणमा लिएर जेल हालेका छन् । अध्यागमन महानिर्देशक दातुक सेरी खैरुल जाइमी दाउदले मे ५ सम्मको तथ्याङ्कले
देशभर २ हजार ६ सय ५२ अप-रेसन कार्यान्वयन भएको देखाएको बताए । उनका अनुसार पक्रा’उ पर्नेमा सबैभन्दा बढी इन्डोनेसियाली गैरकानुनी आप्रवासी रहेका छन्, जसमा ३ हजार १ सय ७२ जना र त्यसपछि ८२० बंगलादेशी रहेका छन् ।
त्यसपछि म्यानमार (६४० ), फिलिपिन्स (५५३ ), थाइल्याण्ड (४४१ ), भारत (२७६ ), कम्बोडिया (१७० ), पाकिस्तान (१५२ ), नेपाल (१४० ), भियतनाम (८८ ) र अन्य देशहरू छन्।
छापा मा कुल ५८ हजार २ सय ९१ बिदेशी व्यक्तिहरूको निरीक्षणको गरिएको थियो जसमा १२ प्रतिसत अबैधानिक रहेका छन्, अध्यागमन महानिर्देशकले प्रेस बिज्ञप्ति मा जानकारी दिएका थिए ।