
दुबई : युएईको मौसम विभागले गर्मी बढेपछि दुबईसहित धेरै इलाकामा कृतिम वर्षा गराउने भएको छ । युएईमा भीषण गर्मीका कारण मानिसहरुको अवस्था बेहाल छ ।
यहाँको तापक्रम ५० डिग्रीसम्म रेकर्ड गरिएको छ । यहाँ धेरै गर्मी भएको समयमा कृतिम बर्षा गराइदै आएको छ ।
गर्मीका कारण मानिस र पशुपंक्षीहरुको मृत्यु भइरहेको छ ।
यसबाट बच्नका लागि दुबईले कृतिम वर्षाको नयाँ उपाय निकालेको हो । दुबई र धेरै इलाकाहरुमा युएईले शुक्रबार सम्ममा कृतिम वर्षा गराउने अनुमान गरिएको छ ।
मौसम विभागका अनुसार युएईले ड्रोनको प्रयोग गर्दै बादललाई विद्युतीय चार्ज गर्ने काम गरेको छ । त्यस चार्जपछि बादल वर्षिएको हो ।
यस प्रविधिमार्फत बिजुलीले बादलहरूलाई जोडसँग झट्का दिन्छ । जसबाट बादलमा घर्षण पैदा हुन्छ र यही घर्षणका कारण पानी पर्छ ।
युएईस्थित रिडिङ विश्वविद्यालयका विज्ञहरु यस तरिकाको वर्षा गराउने काममा सक्रिय छन् । मौसम विभागकाअनुसार क्लाउ सिडिङ नामक प्रविधिमार्फत यी सबै कामहरु भइरहेका छन् र यस प्रविधिको लक्ष्य वर्षेनी वर्षातको दर बढाउने हो ।