२०७९ जेष्ठ ९ सोमबार
  • काठमाडौँ

युएईका नेपालीको लागी खुसीको खबर, नेपालीले पाउने भए गोल्डेन भिसा !

काठमाडौं : संयुक्त अरब इमिरेट्स (यूएई) ले असाधारण प्रतिभा भएका तथा आफ्नो देशमा आर्थिक लगानी गर्न चाहने लगानीकर्तालाई लक्षित गरी सुनौलो (गोल्डेन) भिसा जारी गर्ने भएको छ ।

जसमध्ये नेपालीलाई पनि गोल्डेन भिसा पाउने भएका छन?। नेपालीलाई समेत पाउने भएका कारण नेपालीको लागी यो सुबिधा दिने भएको छ । नेपालीलाई तलब सुबिधा संगै राम्रो सेवा सुबिधा दिने भएको युएईले गोल्डेन भिसा समेत दिने भएको हो ।

त्यहाँ सरकारले लगानीकर्ता तथा ‘असाधारण प्रतिभा’ भएका स्वदेशी तथा विदेशी नागरिकका हकमा यो कार्यक्रम सञ्चालनमा ल्याएको छ । उक्त स्थायी बसोबास योजनाले धनी तथा उच्च दक्षता र सीप भएका व्यक्तिलाई तेलका लागि धनी मनिने यस

खाडी मुलुकको समृद्धिका लागि योगदान गर्ने विश्वासका साथ गोल्डेन भिसा कार्यक्रमको शुरूवात गरिएको हो । गोल्डेन कार्ड कार्यक्रम डाक्टर, इन्जिनियर्स, वैज्ञानिक तथा कलाकारजस्ता ‘असाधारण प्रतिभा’ भएका नागरिकलाई प्रदान गरिने भएको छ ।

यूएर्यका प्रधानमन्त्री शेख मोहम्मद विन ससिद अल माक्टौमले जारी गरिएको एक विज्ञप्तिमा भनेका छन् । ‘हामीले हाम्रो मुलुकको विकासको यात्रामा स्थायी साझेदार चाहेका छौँ ।

नयाँ बासिन्दा हाम्रो मुलुकका लागि अपरिहार्य पाहुना र विकासका सहयोगीका रुपमा लिएका छौं । प्रधानमन्त्रीको पछिल्लो योजना खाडी मुलुकमा विदेशी लगानीकताका लागि ठूलो महत्वकांक्षी योजना रहेको छ ।

खाडीका देशमा बसोबास गर्न र लगानी गर्न चाहने विदेशी लगानीकर्तालाई सिमित अवधिको बसोबासको व्यवस्था भएको ‘काफला’ प्रयोजन कार्यक्रम थियो । अब भने सुनौलो (गोल्डेन) भिसा कार्यक्रम लागू गरिने भएको छ ।

२०७९ बैशाख २६, सोमबार प्रकाशित 0 Minutes 211 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार