
क्वालालम्पुर : मलेसियामा रहेका नेपाली सुरक्षागार्डको तलब ३ हजार रिङ्गेट हुनुपर्ने नेपालका श्रम मन्त्री किसान श्रेष्ठले मलेसिया मन्त्री संग माग राखेका छन् ।
सो बिषयमा मलेसियाका मन्त्री समेत सकारात्मक भए संगै अब नेपाली सुरक्षागार्डको तलब ३ हजार रिङ्गेट हुने लगभग पक्का जस्तै भएको छ ।यता मलेसियाले सबै कामदारको तलब न्युनतम 15 सय बनाइ सकेको छ।
यस्तो अवस्थामा मलेसियामा नेपाली सुरक्षागार्डको तलब 2023 को सुरुवाती महिना देखि लागु हुने गरि 3 हजार रिङ्गेट तलब हुने अनुमान गरिएको छ । मलेसियाको भ्रमणमा रहका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ उच्चस्तरीय भेटवार्तामा व्यस्त छन्।
शनिबार मन्त्री श्रेष्ठले मलेसियाका गृहमन्त्री हमजाह वीन जैनुदिनसँग द्विपक्षीय भेटवार्ता गरे। पुत्रजयास्थीत गृहमन्त्रालयमा भएको भेटवार्तामा उनीहरुबीच नेपाल– मलेसिया सम्बन्धका साथै द्विपक्षीय हित र साझा चासोका विविध विषयमा कुराकानी भएको छ।
मन्त्री श्रेष्ठले मलेसियामा रहेका नेपाली सुरक्षागार्ड सहित अन्य श्रमिकको सेवा सुविधा र अधिकारको बिषयमा गृहमन्त्री जैनुदिनसँग छलफल भएको बताए। श्रेष्ठले नेपाली सुरक्षागार्डको मासिक तलब ३ हजार मलेसियन रिंगेट हुनुपर्ने प्रस्ताव गरेका छन्।
नेपाली कामदार मेहनति र इमान्दार हुने चर्चा गर्दै गृहमन्त्री जैनुदिनले गोर्खा गार्ड्सका रूपमा मलेसियामा नेपालीहरूको राम्रो प्रभाव रहेको बताएका थिए। नेपालमा सुरक्षा गार्ड सम्वन्धि तालिमको व्यवस्था गरी सीपयुक्त बनाउनेबारे समेत उनीहरुबीच छलफल भएको थियो।