
दोहा : विश्वकप फुटबल हेर्न आउने समृद्ध दर्शकका नजरमा नपरून् भनेर आप्रवासी श्रमिकहरूलाई चार महिनाका लागि स्वदेश पठाउने कतार सरकारको निर्णय अन्यायपूर्ण बताउदै आएका छन् ।
बिश्वकपको उत्तरार्धमा निर्माण र अन्य क्षेत्रको लगभग जसो काम सकिने हुँदा ती कामदार हरु स्वतह घर फर्कनु पर्छ ।
केही मात्रामा आवश्यक कामदार बाहेकका निर्माण क्षेत्रमा काम गर्ने कामदारहरुलाई पठाउने तयारी गरेको छ भने केही
कम्पनीहरुले छुट्टि वा क्या’न्सिल समेत गरेको बताइन्छ ।
बिश्वकपमा आवश्यक स्वास्थ्य, सुरक्षा, होटेल तथा रेस्टुरेन्ट र सपिङ मल र फ्या’सिलिटी म्यानेज’मेन्ट कम्पनी र सफाई कर्मचारीलाई भने कतारले कतारमै राख्ने छ ।
तर ती बाहेकका क्षेत्रमा काम गर्नेहरुलाई भने कतार सरकारले घर पठाउने बताइएको छ र सो समयको तलब लगभग चार महिनाको तलब कम्पनीलाई कमदारलाई उपलब्ध गराउन समेत भनेको छ ।
यता नेपालीहरुले फुटबल महामेला आयोजना गर्ने कतारी सपना पूरा गराउन आठ रंगशालासहित पूर्वाधार निर्माणमा रातदिन पसिना बगाएका नेपालीलगायत विभिन्न मुलुकबाट गएका श्रमिकहरूको घोर अपमान भएको छ ।
जसले कतारको शोभा बढाउन आफ्नो श्रमको योगदान दिए, तिनकै उपस्थितिलाई विश्वकपको शोभाविपरीत मान्ने यो मानसिकता अशोभनीय मात्र होइन, खेदजनक नै छ ।
आप्रवासी कामदारहरूलाई बिलकुलै फरक दर्जाको मानिसको व्यवहार गरेको यो अमानवीय निर्णयलाई कतार सरकारले सच्च्याउनु आवश्यक छ ।