२०७९ जेष्ठ ७ शनिबार
  • काठमाडौँ

“केजीएफ” फ्लिमको कलाकार मोहन जुनेजाको निधन

काठमाडौं : सुपरहिट फिल्म ‘केजीएफ’फेम कलाकार मोहन जुनेजाको नि’धन भएको छ । कलाकार जुनेजाको शनिबार (आज) विहान बैंगलोरको एक निजी अस्पतालमा निधन भएको हो ।

रपोर्टका अनुसार उनी लामो समयदेखि रोगसँग ल’डिरहेका थिए । रिपोर्टमा भनिएको छ, उनी लामो समयदेखि बिबरामी थिए र ७ मेको बिहान बैंगलोरको एक निजी अस्पतालमा उनले अन्तिम सास लिए ।

मोहन जुनेजा आफ्नो उत्कृष्ट कमेडीका लागि परिचित छन्, उनको निधनले उनका प्रशंसक र परिवारका सदस्यहरूमा शोक फैलाएको छ । उनको आजै अन्तिम संस्कार गरिने भएको छ । केजीएफ च्याप्टर १’मा मोहन जुनेजाले पत्रकार आनन्दीको मुखवीरको भूमिका निभाएका थिए ।

मोहन जुनेजा दक्षिण भारतीय सिनेमाको एक चर्चित नाम हो । तर, उनले धेरै हिन्दी फिल्ममा पनि काम गरिसकेका छन् । उनले १०० भन्दा बढी फिल्ममा काम गरिसकेका छन् ।

मोहन जुनेजाले आफ्नो फिल्मी करियरमा तमिल, तेलुगु, मलयालम र हिन्दी भाषामा आफ्नो अभिनयको जादु देखाएका छन् । दक्षिण भारतीय अभिनेता कलाकार जुनेजालाई फिल्म ‘चेल्लाता’बाट ठूलो ब्रेक मिलेको थियो ।

यो फिल्ममा कलाकारको भूमिकालाई दर्शकले अझै सम्झन्छन् । मोहनले ‘वतारा’ जस्ता धेरै टिभी सिरियलमा पनि आफ्नो अभिनयले फ्यानको मन जितेका थिए ।

मोहन जुनेजा सुपरहिट फिल्म ‘केजीएफ च्याप्टर १’ र ‘केजीएफ च्याप्टर २’ मा पनि देखिएका थिए । अभिनेताको नि’धनपछि फ्यानहरुले सामाजिक सञ्जालमा शो’क व्यक्त गरिरहेका छन् ।

२०७९ बैशाख २४, शनिबार प्रकाशित 1 Minute 118 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार