२०८० आश्विन १२ शुक्रबार
  • काठमाडौँ

हिन्दी डबमा मात्रै ‘केजिफ’ले कमायो ४०१ करोड बढी !

बैशाख २४, काठमाडौं : पछिल्लो समय साउथका सुपरस्टार यशको फिल्म ‘केजीएफ च्याप्टर २’ निकै चर्चामा छ । यो फिल्मको गति बक्स अफिसमा रोकिएको छैन,

जसको कारण फिल्मले हरेक दिन नयाँ रेकर्ड बनाइरहेको छ । अहिले ‘केजीएफ २’को हिन्दी संस्करणले बक्स अफिसमा ४०० करोड कमाएर इतिहास रचेनको छ ।

ट्रेड एनालिस्ट तरण आदर्शले ‘केजीएफ च्याप्टर २’ को बक्स अफिस कलेक्शनको नयाँ तथ्याङ्क सार्वजनिक गरेका छन् । उनले ट्वीट गर्दै फिल्मको हिन्दी संस्करणले ४०० करोडभन्दा बढी कमाएको जानकारी गराएका हुन् ।

प्रभासको ‘बाहुबली २’ पछिको यो दोस्रो फिल्म हो, जसले यो कीर्तिमान पार गरेको छ । ‘केजीएफ २’ ले रिलिजको चौथो हप्ताको शुक्रबार ३.८५ करोड कमाएको छ । यस हिसाबले फिल्मले अहिलेसम्म ४०१.८० करोड कमाइसकेको छ ।

करोडौंमा विक्री भयो ओटीटी राइट

निर्माताहरुले यश स्टारर् ‘केजीएफ २’ को ओटीटी अधिकार बेचेर करोडौं रुपैयाँ संकलन गरेका छन् । टाइम्स अफ इन्डियाको रिपोर्टका अनुसार एक प्रसिद्ध ओटीटी प्लेटफर्मले ‘केजीएफ च्याप्टर २’को ओटीटी अधिकारका लागि करिब

३२० करोड रुपैयाँ दिएको छ, जुन यो फिल्मको लागि ठूलो कुरा साबित भएको छ । प्रशान्त नीलद्वारा निर्देशित केजीएफ च्याप्टर २ कन्नड, तमिल, तेलुगु, मलयालम र हिन्दी

भाषाहरूमा ओटीटी प्लेटफर्ममा स्ट्रिम हुनेछ । केही दिन पहिले न्यूज १८ ले आफ्नो एउटा रिपोर्टमा केजीएफ २ फिल्म मे २७, २०२२ देखि ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोमा स्ट्रिम गरिने बताएको थियो ।

२०७९ बैशाख २४, शनिबार प्रकाशित 0 Minutes 219 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।