
मे ६, क्वालालम्पुर : मलेसियामा काम गर्ने लाखौंलाख नेपाली श्रमिकसंगै सम्पुर्ण विदेशी श्रमिकको आधारभूत न्युनतम तलब (बेसिक स्यालरी) १५ सय रिंगिट तोकेर कार्वानयन गराउने भएको छ।
आईतवार मे १ तारिख अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवसको दिनदेखि लागू हुने गरी मलेसिया सरकारले न्युनतम तलब बढाएको र अबदेखि सोही अनुरुप अगाडि बढिने मलेसिया स्थित रहेको नेपाली दूतावासले एक सुचना सार्वजनिक गरि जनाएको छ ।
यो सँगै अबदेखि नेपाली दूतावासमा मलेसियाका रोजगारदाता कम्पनीहरु र म्यानपावरहरुले श्रमिकको मागपत्र प्रमाणीकरणको लागि कागजात पेस गर्दा पनि न्युनतम तलब आरएम १५ सय रिंगेट नै तोकेर पेस गर्न पर्ने दूतावासले म्यानपावरहरुलाई सो सुचनामार्फत आग्रह गरेको छ ।
यस्तै योभन्दा पहिलेदेखि नै मागपत्र प्रमाणीकरणको लागि दूतावासमा पेस भएका तर अहिलेसम्म प्रमाणीकरण नभएका मागपत्रहरुमा पनि मागपत्र र सम्झौतापत्रका पेजहरु
सोहीअनुरुप लागू गर्न दूतावासले आग्रह गरेको छ। स्मरण रहोस् योभन्दा पहिले पनि मलेसियामा काम गर्ने विदेशी श्रमिकको न्युनतम तलब आरएम ९ सयबाट बढेर आरएम १२ सय रिंगेट बनाइएको थियो, तर त्यति बेला पनि बढाइएको सो न्युनतम
पारिक्ष्रमिक १२ सय रिंगेट सम्बन्धित निकायले पुर्ण रुपमा सबै क्षेत्रमा कार्वानयनमा ल्याउन सकेका थिएनन्। विशेष गरि मलेसियामा सुरक्षागार्डको कम्पनीहरुलाई बढेको न्युनतम पारिक्ष्रमिक १५ सय रिंगेट पुर्ण रुपमा कार्वानयन गर्न
लगाउन र श्रमिकलाई दिलाउन दूतावास र सम्बन्धित निकायलाई चुनौती थपिएको छ। किनभने अधिकाँस: जसो सुरक्षागार्ड कम्पनीहरुले सरकारले जतिसुकै न्युनतम तलब बढाए पनि सेक्युरिटीगार्डलाई दिइने पुरानै स्केलको तलबमा उल्लेख
गरिएको न्युनतम बाहेक दिइने एलाउन्स सेलरीलाई घटाएर न्युनतम तलब बढाईदिने गरेको पाइएको छ। भन्नाले न्युनतम तलब जतिसुकै बढेपनि सुरक्षागार्डको क्षेत्रमा कार्यरत श्रमिकको तलब जति पुरानो तलब तोकिएको हुन्छ, उतिनै दिइने गर्छन।