
मे ५, दोहा : कतार फिफा बिश्वकप आउन अब मात्रै १९९ दिन बाकी छ । कतारले भौतिक प्रगतिका सबै संरचना निर्माण लगभग सम्पन्न गरिसकेको छ ।
बिश्वकपको सुरक्षा र बिश्वकपमा बिश्वको ध्यान कतारमा हुनेछ ,यसमा कुनै संका छैन । यस्तोमा कतारको कस्तो तस्बिर विश्व माझ पुग्ने हो त्यो कतारको लागी महत्वपूर्ण हुनेछ ।
जसको लागि कतारले श्रम नियममा ठूलो परिवर्तन ल्याउदै छ त्यो पनि कतार बिश्वकप अगाडी नै । कतारको स्थानीय समाचार एजेन्सीका अनुसार सो नयाँ नियमको लागि कतारले लगभग तयारि पूरा गरिसकेको छ भने त्यसलाई लागु गर्न सबै सहमत भैसकेको जनाइएको छ ।
विश्व मानचित्रमा कतारको राम्रो छबिको लागि मुख्य बाधा भनेको कतारको श्रम कानुन र श्रमिकलाइओ दिइने ज्याला हो , जसको लागि कतारले ठूलो परिवर्तन गर्न चाहेको बताइएको छ ।
स्रोतको अनुसार ज्याला र अन्य श्रमिकको सुबिधामा आमूल परिवर्तन गर्दै छ । यस अघि कतारका श्रमसचिवको नेतृत्वमा नेपाल भ्रमणमा आएको एउटा टोलीले आगामी वर्षभित्रै सम्झौता परिमार्जन गरिसक्ने सहमति जनाएको र नयाँ सम्झौताको
मस्यौदा बनाउन नेपाली पक्षलाई आग्रह गरेको वार्तामा सहभागी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका एक अधिकारीले जानकारी दिए।
सम्झौता परिमार्जन भएपछि कतार जाने नेपाली कामदारहरूले मलेशियामा जस्तै सामाजिक सुरक्षाका सुविधाहरू पाउने तथा कतार प्रहरी र त्यहाँको सुरक्षा निकायमा नेपाली नागरिकहरूलाई भर्ती हुन बाटो खुल्ने विश्वास नेपाली पक्षको छ। नेपाल र कतारबीच सन् २००५ मा श्रम सम्झौता भएको थियो।