
मे ५, दुबई : संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा लु-टपाटका घ’टनामा एसियाली मुलका ६ जना व्यक्ति दो-षी ठह-रिएका छन्।
दुबईको फौजदारी अदालतले उनीहरुलाई मनी एक्सचेन्जका मालिक र उनका साथीलाई आ’क्रमण गरि लु’टपाट गरेको अभि’योगमा दो’षी ठहर गरेको हो।
उनीहरुलाई सीआइडी अफिसरको नक्कल गर्ने, ३ लाख ६५ हजार दिराम, सुनको मुर्ति, फोन र बैंक कार्ड चो’री गरेको आरो’पमा दो’षी ठहर गरिएको छ। अदालतमा उपस्थित ४ जना र अनुपस्थित २ जना गरी ६ जना अ’भियुक्तलाई नै २ वर्षको कैद सजा’य सुनाइएको छ।
प-क्राउ गर्दा प्रतिकार गर्ने, प्रहरीमाथि हा’तपात गर्ने र दुबई प्रहरीको सम्पत्ति नष्ट गर्ने गरेको अभियोगमा ती मध्येका दुई जनालाई अदालतले थप ६ महिना कै-दसजाय र ९ सय दिराम ज’रिवानाको फैसला गरेको छ।
प्रहरी अनु-सन्धानका अनुसार अल रफा सेन्टरबाट गस्तीमा रहेको टोलीलाई एक मनी एक्सचेन्ज कम्पनीमा ड’कैती भएको उ’जुरी प्राप्त भएको थियो। त्यसलगत्तै टोली घट’नास्थलमा पुगेपछि पी-डितले अधिकारीहरुसमक्ष घ’टनाको विस्तृत विवरण बताएका थिए।
कन्दुरा (इमिराती परम्परागत पोशाक) लगाएका दुईजना व्यक्ति आफ्नो कम्पनीको हेडक्वाटरमा आइ आफूहरु सीआइडीबाट आएको बहाना गरेको ती पी’डितले जानकारी दिएका थिए।
सो नक्कल गर्ने अभियुक्तहरूले पी’डितलाई आर्थिक उल्लङ्घन गरेको आ’रोपमा प-क्राउ गरिएको बताएका थिए। तीमध्ये एकले कम्पनीको ढोका बन्द गरेको थियो। त्यस्तै, दोस्रोले फोन खोसेर उनी र उनका साथीमाथि आ’क्रमण गरेको थियो।
अफिसमा खोजी गर्ने क्रममा एकजनाले सेफको चाबी फेला पारेको थियो। त्यसपछि उक्त सेफ खोलेर ३ लाख ६५ हजार दिराम, सुनको मुर्ति र सुन चाँदीका सिक्का लगेका थिए । उनीहरुले उनका साथीको पैसा र बैंकका कार्ड समेत चोरेर फ’रार भएका थिए।
प्रहरीले घ’टनास्थलमा रहेको सिसी क्यामेराबाट ती दुईजना संदिग्धलाई पहिचान गरेको थियो । थप दुई जना दुईवटा गाडीमा पर्खिरहेका थिए। ती दुई गाडीमध्ये एउटा गाडी घट’नास्थलबाट गिरोहका सदस्यहरूलाई ओ-सारपसार गर्न
उनीहरूले भाडामा लिएका थिए। १७ हजार दिरामसहित एक जनालाई प्रहरीले प’क्राउ गर्न सफल भएको छ। उनले आफ्नो अप-राध स्वीकार गर्दै उक्त पैसा आफ्नो भागमा बाँड्दा परेको हिस्सा भएको बताएका थिए।
आफूले अन्य पाँच जनाको सहयोगमा डकैतीको योजना बनाएको पनि उनले स्वीकार गरेका छन्। त्यसपछि उनले प्रहरीलाई आफ्ना सहयोगीहरूको ठाउँमा लगेका थिए।
प्रहरीले पक्राउ गर्ने क्रममा दुईजना संदिग्धहरूले प’क्राउको प्रतिकार गरेका थिए र प्रहरी अधिकारीहरूलाई कु-टपि’ट समेत गरेका थिए। उनीहरुले स्टेसनमा रहेको प्रहरी सम्पति समेत तो-डफो’ड गरेको बताइएको छ। प्रहरीले अन्य दुई जना अभियुक्तको खोजीकार्य सुरु गरेको बताइएको छ।