
क्वालालम्पुर : Sime Darby ले पुरानो र हाल काम गरिरहेका विदेशी कामदारहरूलाई RM ८२ Million (नेपाली रु २३१ करोड) भर्ती शुल्क फिर्ता गर्दै छ ।
Sime Darby Plantation Bhd (SDP) ले हाल आफ्नो रोजगारीमा रहेका विदेशी कामदारहरूलाई भर्ती शुल्कमा कुल RM38.55 मिलियन (नेपाली रु १०८ करोड) फिर्ता गरेको छ।
र यो हप्तामा रिपोर्ट गरिएको छ कि SDP ले १९,५६५ भूतपूर्व विदेशी कामदारहरूलाई प्रतिपूर्ति गर्न RM ४४ मिलियन रकमको भर्ती शुल्क फिर्ता गर्दै छ । जबर-जस्ती श्रमको आरो-पमा अमेरिकाले पाम तेल उत्पादनमा प्रतिबन्ध
लगाएको कम्पनीले हिजो आफ्ना १५,०७८ कामदार लाई क्षति-पूर्ति गरेको बताएको छ र १९,५६५ भूतपूर्व विदेशी कामदारहरूलाई यो हप्ता देखि भर्ती शुल्क फिर्ता दिने छन्।
भर्ती शुल्क फिर्ता पाउने कामदारहरू इन्डोनेसिया, भारत, बंगलादेश, नेपाल, म्यानमार, र श्रीलंकाका छन्। भर्ती शुल्क लिने को लागि पुरानो कामदार लाई तुरुन्त दिएको नम्बर मा सम्पर्क गर्न आग्रह गरिएको छन् ।