
दोहा : विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता विश्वकपको आयोजना गर्नको लागि भइरहेको संरचना निर्माणको काममा हजारौं नेपालीले ज्या’न गु-माएको घट’नाप्रति विश्व फुटबलको
सर्वोच्च संस्था फिफाले पूरै बेवास्ता गरेको छ । कतारमा स्टेडियम निर्माण गर्ने क्रममा हजारौं आप्रवासी कामदारको मृ-त्यु भएको कैयौं अन्तर्राष्ट्रिय समाचार संस्था र अन्तर्राष्ट्रिय अधिकार समूहहरुले रिपोर्ट सार्वजनिक गरिरहँदा फिफले भने ती
तथ्यांकलाई अस्वीकार गरेको छ । गएको फेब्रुअरी महिनामा मात्रै बेलायतको प्रतिष्ठित समाचार संस्था द गार्डियनले कतारमा स्टेडियम निर्माणको क्रममा ५ दक्षिण एसियाली देशका मात्र ६ हजार ५ सय जना आप्रवासी कामदारको मृ-त्यु भएको रिपोर्ट प्रकाशित गरेको थियो ।
मृ-त्यु भएका यी आप्रवासी कामदारहरु नेपाल, भारत, बंगलादेश, श्रीलंका र पाकिस्तानका भएको रिपोर्टमा उल्लेख छ । रिपोर्टमा भारत, बंगलादेश, नेपाल र श्रीलंकाका कामदारहरु ५ हजार ९२७ जना र पाकिस्तानका कामदारहरु ८२४ जनाको मृ-त्यु भएको उल्लेख छ ।
रिपोर्टका अनुसार कतारले २०१० मा विश्वकप आयोजना गर्ने अधिकार पाएपछि २०२० सम्मको १० वर्षको अवधिमा कूल ६ हजार ७५० जनाको मृ-त्यु भएको छ ।
यीमध्ये सबैभन्दा धेरै २ हजार ७ सय ११ जना भारतका, दोस्रोमा १ हजार ६ सय ४१ जना नेपाली, १ हजार १८ जना बंगलादेशी, ८ सय २४ जना पाकिस्तानी र ५ सय ५७ जना श्रीलंकालीको मृ-त्यु भएको थियो ।