
सिओल : कोरीयन एयरले जुन महिनाबाट रेगुलर फ्लाईट हुने अपेक्षा गरेका नेपाली तथा कोरीयन पर्यटकको आशा तुहिएको छ।
कोरियन एयरले निकालेको जुन महिनाको तालीकामा नेपाल समावेश छैन पछिल्लो समय नेपाल र कोरिया दुवै मुलुकमा कोरोनाको प्रकोप सामान्य बन्दै गएपनि नेपाल -कोरिया -नेपाल चार्टर्ड उडानले धेरै नेपालीहरुले महँगो शुल्कमा यात्रा गर्न बाध्य छन्।
कोरीयन सरकारले भने सामाजिक दुरीको नियम लगभग हाटाइसकेको अवस्था भएता पनि हवाई उडान नियमित नहुनुमा कही हवाई माफियाको दबदबा त होइन भन्ने जिज्ञासा सर्वत फैलिएको छ।
कुन कुन देशमा नियमित उडान हुँदैछ हेर्नुहोला ।
कान्तिपुरप्रेस बाट
सुनको मूल्य प्रतितोला रु एक हजारले घट्यो
काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजारले घटेर रु ९७ हजार २०० तोकिएको छ । पहेंलो धातु अघिल्लो दिन प्रतितोला रु ९८ हजार २००मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ७०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९७ हजार ७०० थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार २९० कायम रहेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८५८ डलर आसपास कारोबार भइरहेको छ ।