२०७९ आश्विन १२ बुधबार
  • काठमाडौँ

परिवारको खुशीको लागि साउदी पुगेका सन्तोष साउदी मै अस्ताए !

साउदि अरेबिया : कमाएर आफू र आफ्ना परिवारको लागि केही गर्छु भनेर वैदेशिक रोजगारको सिलसिलामा साउदी आएका तनहुँका सन्तोष अधिकारी सधैंको लागि साउदीमा नै अस्ताएको छ।

साउदीको प्रतिष्ठित कम्पनी अल्मराईको दम्माम वायरहाउसमा कार्यरत तनहुँ भानु नगरपालिका-१३का स्व बाबुलाल अधिकारीका ३३ बर्षीय छोरा सन्तोष अधिकारीको आइतबार दिउसो २ बजे सुतेको बेला नि-धन भएको उनका रुम पाटनरले जानकारी दिए।

रातको ड्युटी गरि खाना खाई सुतेका उनी एक्कासि खोकेको जस्तो आबाज गरेपछि रुम पाटनरले अन्य साथी तथा कम्पनीलाई खवर गरेका थिए। कम्पनीले स्थानीय प्रहरी र एम्बुलेन्सलाई खबर गरि अस्पताल लगिएको थियो।अस्पतालले मृ-त्यु भएको घोषणा गरेका कम्पनीका सिनियर सेल्स सुपरभाइजर राजु केसीले जानकारी दिनुभयो।

आगामी फ्रेब्रुअरीमा घर जान तयारी गरेका अधिकारीको छुट्टी पास भइ टिकटको प्रोसेस रहेको र छुट्टी सम्बन्धि कुराले उत्साहित हुने उनी घर जान नपाई नि-धन भएको केसीले भावुक हुँदै बताउनुभयो ।

उनको बारेमा परिवार र नेपाली दूतावासलाई जानकारी गराएको , आबस्यक कानुनी कार-बाही गरेर श-वलाई छिट्टै नेपाल पठाउने केसीले बताएको छन् ।

राहदानी नम्बर ०८१६५१३७ बाहक मृतक अधिकारीको आमा ,श्रीमती एक छोरा र एक छोरी रहेको छ। जबान उमेरको अधिकारीको नि-धनले परिवारलाई ठूलो धक्का लागेको उनको साथीहरूले बताएको छन्। मयूरपाटी बाट

२०७९ बैशाख २०, मंगलवार प्रकाशित 1 Minute 203 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार