२०८० मंसिर १८ सोमबार
  • काठमाडौँ

मे १ देखी लागू हुने गरि मलेसियामा बिदेशी कामदारको बेसिक तलब १५००, कम्पनीले नदिए यसो गर्नुहोस्

क्वालालम्पुर : मलेसियामा काम गर्ने विदेशी श्रमिकको आधारभूत तलब (बेसिक स्यालरी) १५ सय रिंगिट तोकेको छ । योभन्दा पहिले मलेसियामा काम गर्ने विदेशी श्रमिकको

आधारभूत तलब १२ सय रिंगिट थियो । मे १ अर्थात् हिजो अन्तर्राष्ट्रिय श्रमिक दिवसको दिनदेखि लागू हुने गरी आधारभूत तलब बढाएको मलेसियामा रहेको नेपाली दूतावासले जनाएको छ ।

योसँगै दूतावासमा श्रमिकको मागपत्र प्रमाणीकरणको लागि कागजात पेस गर्दा पनि आधारभूत तलब १५ सय रिंगिट नै तोकेर पेस गर्न एक सूचना जारी गर्दै दूतावासले म्यानपावरहरुलाई आग्रह गरेको छ ।

यस्तै योभन्दा पहिलेदेखि नै मागपत्र प्रमाणीकरणको लागि दूतावासमा पेस भएका तर अहिलेसम्म प्रमाणीकरण नभएका मागपत्रहरुमा पनि मागपत्र र सम्झौतापत्रका पेजहरु सोहीअनुरुप गर्न दूतावासकाे आग्रह छ ।

२०७९ बैशाख २०, मंगलवार प्रकाशित 0 Minutes 437 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।