
दोहा कतार : कतारमा नियमित तलबमा ढिलाइ गर्ने ३१४ कम्पनीलाई कारबाहीको लागी सिफारिस गरिएको कतारी सञ्चार माध्यम The Peninsula Online ले जनाएका छन् ।
कतारको श्रम मन्त्रालयले असोज १ देखि कात्तिक १५ गतेसम्मको अवधिमा श्रम ऐन उल्लङ्घन गर्ने ३ सय १४ कम्पनीलाई कारबाही गर्नका लागी सम्बन्धीत निकायलाई
रिफर गरेको जनाईएको छ । सप्लायर्स तथा सार्बजनिक सेबा क्षेत्रमा सन्चालित कम्पनीहरुले समयमै तलब नदिएको भेटिएको हो । श्रम मन्त्रालय आर्थिक दायित्वको सन्दर्भमा प्रवासी
कामदारहरूको अधिकारको ग्यारेन्टी गर्न इच्छुक छ, र मन्त्रालयले यी कानूनहरूको पालनाको अनुगमन गर्न रोजगारदाताहरूको लागि निरीक्षण र गुणस्तर अभियानहरू जारी राख्ने जनाएको छ । निर्माण लगायत धेरै क्षेत्रमा नेपालीहरु कतारमा कार्यरत छन् ।