
दोहा कतार : सन २०२२ मा फिफा बिश्वकप फुटबल कतारमा हुने भए पछि कतारले आफ्नो देशको भौतिक पुर्वाधार निर्माणमा नेपाल लगायत अन्य देशबाट कामदार भित्राएयो तर
कामदारलाई कम्पनीले दिने सुबिधाको बारेमा सधै कतारको नराम्रो समाचार मात्रै आए । हाल कतारले त्यही नराम्रो आफ्नो छवि सुधार गर्न श्रम कानुन रअ न्युनतम तलबको कुरामा कतारलाई सुधार गर्दै गएको छ ।
जसले नेपाली कामदारलाई फाइदा पुगेको छ । बेसिक तलब वृद्धि संगै कम तलब हुनेको तलब एकै चोटि १ हजार रियाल सम्म बढाउने निर्णय गरेको कतार सरकारले कामदार ठग्ने कम्पनीलाई समेत धमाधम कारबाही गर्दै आएको छ ।
हाल मात्रै कतारी नागरिक सरह नै सम्पुर्ण बिदेशि कामदारलाई स्वास्थ्य बिमाको सुबिधा दिने घोषणा गरेको छ भने सरकारले न्युनतम तलब समेत वृद्धि गरेको छ ।
श्रम कानुनलाई ILO अनुसार परिमार्जन गरेर लगदै गएको छ भने त्यस्ता नियम नमान्ने कम्पनीलाई कम्पनी खारेज सम्मको कार्य गर्ने जनाएको छ । नेपाली कामदारलाई दिने सेवा सुबिधा कतार सरकारले दिने भने पनि कम्पनीले नदिदा केही
कम्पनीमा कामदार ठगिदै आएका छन् त्यसको मुख्य दोस कामदार ठगिदा सम्बन्धीत स्थानमा उजुरी नपुग्नु हो कतार सरकारले जनाएको छ ।
त्यसैले हाल कतार सरकारले त्यस्तो पाइएमा वा कतार सरकारले तोकेको सेवा सुबिधा नदिएमा तुरुन्त प्रहरी वा सम्बन्धीत कार्यालयमा सम्पर्क गर्न भनेको छ ।
कतारले रोजगारीका लागि कतार पुगेका तथा विभिन्न कारणले कतारी आईडी प्राप्त गर्न नसकेका वा नविकरण हुन नसकी अवैध रुपमा कतारमा रहेका विदेशी श्रमिकले आफ्नो बसाईलाई वैधानिक बनाउन पाउने भएका छन् ।
कतार सरकारले त्यसरी अवैधानिक रुपमा बस्दै आएका विदेशी श्रमिकले कुनै रोजगारदाता कम्पतीबाट जव अफर लेटर लिएर आवश्यक कागजात सहित तोकिएका केन्द्रहरुमा निवेदन दिएमा
उनीहरुको बसाई कानुनी हुनेछ । कतार स्थित नेपाली दूतावासले एक विज्ञप्ती जारी गर्दै त्यसरी निवेदन दिनेहरुलाई हालसम्मको दण्ड जरिवाना छुट तथा मिनहा गरी नयाँ कम्पनीमा रोजगारीका लागि अनुमति प्रदान हुनेछ ।