२०८० मंसिर २२ शुक्रबार
  • काठमाडौँ

मलेसिया रोजगार – नेपाल बाट जाने नयाँ कामदारको तलब १२ सय मात्रै !

मे १, क्वालालम्पुर : मलेसिया रोजगार नेपालीको प्रमुख गन्तब्यको रुपमा परिचित हुँदै आएको छ । लाखौ नेपालिहरु मलेसियाको विभिन्न शहरमा काम गर्दै आएका छन् ।

हाल मात्रै मे १ तारिक देखि लागू हुने गरेर मलेसिया सरकारले कामदारको न्युनतम तलब १५ सय आरएम बनाएको छ । तर त्यो पुरानो कामदारको लागि भएको घोषणा गरेको छ ।

यस्तोमा नेपालबाट मलेसिया जाने नयाँ कामदारको तलबको बारेमा केही नखुलाइएको हुदा अहिले आएका सबै डिमान्डहरु बेसिक तलब १२ सय आरएमकै तलब सहित आएको छ ।

उत मलेसियाका रोजगार दाताले पनि बेसिक १५ सय तलब पुरानो मलेसियामा काम गरिरहेको कामदारको लागि मात्रै भएको घोषणा गरेका छन् । यस्तोमा नयाँ जाने कामदारको तलब १२ सय बेसिक नै हुमे बताइएको छ ।

हावापानी, कामको प्रकृति तथा रहनसहन र तलबको कारण नेपालीको रोजाइमा मलेसिया पर्दै आएको छ । करिब दुई बर्ष रोकिएको मलेसिया रोजगार समेत खुलेको छ ।

२०७९ बैशाख १८, आईतवार प्रकाशित 0 Minutes 212 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।