२०८० आश्विन ५ शुक्रबार
  • काठमाडौँ

साउदी र कतारको नेपाली दुतावास १ देखि ३ मेसम्म बन्द रहने !

वैशाख १६, काठमाडौँ : अन्तराष्ट्रिय श्रमिक दिवस तथा ईद उल फित्रको अवसरमा साउदी र कतारको नेपाली दुतावास १ देखि ३ मेसम्म बन्द रहने ति देशका दुतावासहरुले जानकारी दिएका छन् ।

कतार स्थित नेपाली दुतावासको सूचना अनुसार १ देखि ३ मेसम्म बन्द रहने दुतावास ४ मेदेखि खुल्नेछ । कतार स्थित नेपाली दुतावासले दुतावास बन्द भएको अवस्थामा अत्यावश्यक

परेको खण्डमा +९७४-३३६९३२९८ मा व्ह्वाट्सएपमा म्यासेज
गर्न अनुरोध गरेको छ । त्यस्तै साउदीस्थित दुतावासले ईद उल फित्रको अवसरमा सम्पूर्ण इश्लाम धर्मावलम्बीहरुमा ईदको शुभकामना दिएको छ ।

दुतावासको सूचनामा अगाडी उल्लेख छ ‘ईद अल-फित्र १४४३ तथा अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा यही वैशाख १८ गते देखि वैशाख २० गतेसम्म (तदनुसार १, २ र ३ मे २०२२ का दिन) यस राजदूतावास बन्द रहने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’

२०७९ बैशाख १६, शुक्रबार प्रकाशित 1 Minute 192 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।