
काठमाडौं : यूएईले नेपालसहित सबै देशबाट वैदेशिक रोजगारी, भ्रमण तथा पारिवारिक भिसा खुला गरेको छ ।
दुबई एक्स्पो २०२० संगै ठुला मेघा प्रोजेक्ट संचालनमा
आएको दुबईमा कोरो’नाको कारण कामदार अभाव भएको थियो । मेघा प्रोजेक्ट संचालित रहेको र एक्स्पोको कारण लगानी र नयाँ आयोजना थपिने भए पछि कामदार अभाव भएको हो ।
उता कामदार अभाव संगै युएईले सबै किसिमका भिसाहरु खुल्ला गरेको छ । त्यसमा नेपालीहरुको लागि खुसीको कुरा के छ भने युएईमा नेपाली कामदार रोजाइमा पर्दै गएका छन् ।
यूएईले विश्वका सबै मुलुकका नागरिकहरुका लागि इम्प्लाईमेन्ट, टुरिष्ट र पारिवारिक भिसा खुला गरेको खालिज टाइम्सले जनाएको छ । को’रोनाको खोप लगाउनेको संख्या बढेको र दर कम भएपछि यूएईले रात्रीकालीन ग’तिवि’धिहरुलाई पनि खुकुलो बनाएको छ ।
यूएईले नेपालसहित बंगलादेश कंगो भारत, लाईबेरिया, नामिविया, नाइजेरिया पाकिस्तान, सियरा लियोन, श्रीलंका, दक्षिण अफ्रिका, युगाण्डा, भियतनाम र जाम्बियाका नागरिकलाई यूएई प्र’वेशमा लामो समयदेखि रो क लगाएको थियो ।
कस्ता डकुमेन्ट आवश्यक
यूएई यात्रा गर्ने विदेशी यात्रुले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले प्रमाणित गरेको कुनै पनि खोप लगाएको, उडान भर्ने बेला अनिवार्यरुपमा विमानस्थलमा पीसीआर परीक्षण गरी रिपोर्ट नेगेटिभ, क्युआर कोड सहितको रिपोर्ट र
यूएईले प्रयोग गरिरहेको ‘अल होस्न’ एप्लिकेसनको आइसीए डाउनलोड गरी रजिष्टर्ड गरेको हुनुपर्ने शर्त तोकेको छ ।
नेपालमा भने यूएईको भिजिट भिसा खुला नहुँदै नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसामा जानेहरुको भीड बढेको बताइएको छ ।
विगतमा जस्तै नेपाली कामदारहरु भिजिट भिसामा पठाएर कमाउन पल्केका नेपालका केही एयरलाइन्स तथा ट्राभल एजेन्सी र केही म्यानपावर कम्पनीहरु हाल पनि सक्रिय रहेको श्रोतले बतायो ।
दुबईले कुन कुन खोपलाई मान्यता दिएको छ ।
–मोडर्ना
–फाँइजर बाँयोटेक
–जोनसन् एन्ड जोन्सन्
–अक्सफोर्ड एस्ट्राजेनेका
–कोभिसिल्ड
–सिनोफार्म
–सिनोभ्याक